पश्चिम मकवानपुरको मनहरी ७ गुम्बाटोलमा अवस्थित मेरीगोल्ड टाईनिटस बोर्डिङ स्कुलको १६ औं बार्षिकोत्सव मङ्सिर २१ गते आईतवार सम्पन्न भएकोछ ।
पछिल्लो समय मनहरी र मनहरी आसपासका बिधार्थिको आकर्षक बढ्दै गईरहेको उक्त बिधालयको स्थापना बि. स. २०६७ सालमा भएको थियो । नर्सरी देखि १० कक्षासम्म पठनपाठन हुने उक्त बिधालयमा ६४८ जना बिद्यार्थी अध्ययनरतछन्।
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा निजि स्तरबाट संचालन भएको बिधालय मध्ये मेरिगोल्ड निक्कैनै उत्कृष्ट रहेको भन्दै पालिकाको शैक्षिक उपलब्धीमा एक ईट्टा थप्ने काम गरेको भन्दै स्कुलको प्रसंशा गर्नुभयो । साथै भबिष्यमा १२ कक्षासम्म पढ्ने बिधालयको रुपमा बिकास होस् भन्दै शुभकामाना दिनुभयो । कतिपय बिधालयले पहुच र सक्षम हुनेको नाममा छात्राबृतिको लिस्ट पुगेको भन्दै सचेत रहन आग्रह समेत गर्नुभयो ।
बिधालयका गतिबिधी र अवस्था बारेमा बिधालयको प्रधानाध्यापक सवनम सिंह थापाले प्रस्तुत गर्नुभएको थियो ।
बिधालयले तीन वटा एसईई ब्याजमा २९ जना बिद्यार्थी पास आउट गरिसकेकोछ । कार्यक्रममा बिधालयले र्याम वल्क , ( कुलत एक समस्या) नाटक,नर्सरी ९ कक्षा २०८१ सालको प्रथम ,दोश्रो र तेश्रो हुने बिद्यार्थीलाई पुरस्कार बितरण शैक्षिक सत्र २०८१/०८२ मा नियमित रुपमा बिधालय आउने बिधार्थी कृष्मा सुनारलाई सम्मान,नियमित बिधालय उपस्थित हुने शिक्षक देबि गुरुङ,सन्जु रिजाल र दुर्गा रुम्बा १० बर्ष भन्दा बढी सेवा प्रदान गरे बापत सम्मान र नृत्य लगाएतका कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) बिशिष्ट आतिथ्यता रहेको थियो । यस्तै मनहरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष ठाकुर राम तितुङ ,मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली,मध्यवर्ती काउन्सिल अध्यक्ष सिताराम अर्याल, प्याब्सन मकवानपुर जिल्ला अध्यक्ष बिनोद सुबेदी, शिक्षा श्रोत ब्यक्ती बिदुर पाठक , जिल्ला प्याब्सन मकवानपुर सचिव बिष्णु सुवेदी ,मनहरी प्याब्सन अध्यक्ष यदुनाथ श्रेष्ठ , चेपाङ संघ जिल्ला अध्यक्ष महेश गाल्साराङ लगाएत छिमेकी बिधालय र संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो।
कार्यक्रम बिधालय ब्यबस्थापन समितीका अध्यक्ष पदम तितुङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
