राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ सिलिङ्गेमा एक वृद्धको बाटोबाट लडेर मृत्यु भएकोछ । अन्दाजी ६४ वर्षिय राक्सिराङ्ग ६ बेसारघारी घर भएका वृद्ध मैनत प्रजाको सिलिङ्गेबाट घर फर्कने क्रममा लडेर मृत्यु भएको राक्सिराङ्ग ६ नम्बरका वडा अध्यक्ष अक्कल बहादुर मुक्तानले जानकारी दिनुभयो ।
मृतक प्रजा दिउँसो ४ बजेको समयमा सिलिङ्गेबाट बेसारघारी जाने क्रममा सिलिङ्गे गाउँ नजिकै बाटोबाट झण्डै ३ मिटर तल बारीको पाटामा लड्न पुगी निधन भएको वडा अध्यक्ष मुक्तानले जानकारी दिनुभयो। घटनाबारे स्तानिय सुकुमलाल प्रजाले वृद्ध लडेको अवस्थामा भेटेको र गाउँमा खैलाबैला गरेपस्चात स्थानिय गाउँलेहरु घटना स्थलमा पुगेका थिए ।
लगतै वडा अध्यक्ष मुक्तानलाई जानकारी प्राप्त भए पछि ईलाका प्रहरी कार्यालय मनहरीलाई खबर गरिएको अध्यक्ष मुक्तानले जानकारी दिनुभयो । घटना बारे जाँच बुझ गर्न कान्द्राङ्ग प्रहरी चौकीबाट प्रहरीको टोली उक्त स्थानमा पुगिसकेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख प्रहरी निरिक्षक दीपक थापाले जानकारी दिनुभयो ।