मनहरीका स्थानिय महिलाहरुसङ्ग निर्माण सम्बन्धी २ दिने ज्ञान साझेदारी कार्यक्रम सम्पन्न

टुकी फाउन्डेसनले निवास र मेटलाइफ फाउन्डेसनसँगको संयुक्त सहकार्यमा मनहरी गाउँपालिका वडा नम्बर ४ र ६ मा निर्माण ज्ञान साझेदारी कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएकोछ ।

२०२५ नोभेम्बर १२ र १३ मा क्रमश वडा नम्बर ६ मा २३ जना र ४ नम्बर वडामा ५२ जनाले सहभागिता जनाएको टुकि निवास आवास परियोजनाका कार्यक्रम संम्योजक सिला सेन ठकुरीले जानकारी दिनुभयो । फरक प्रकृतिको कार्यक्रम भएकै कारण कार्यक्रम प्रती सामुदायिक चासो र समावेशी सहभागिता रहेको सेन ठकुरीले बताउनुभयो । तालिमले सहभागीहरुमा प्राविधिक सीपहरू मात्र नभई आत्मविश्वास, सम्बन्ध र दिगो विकासको लागि आशाको निर्माण गरेको आयोजक सस्थाले जानकारी दिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.