भदै २३/२४ गतेको जेन्जी आन्दोलनले केपि शर्मा वली नेतृत्वको सरकार ढलाई चुनावको लागि भन्दै अन्तरीम सरकार गठन भए पछि एमाले पार्टिले देशै भरिका स्थानिय निकायमा खबरदारी स्वरुप बाईक र्याली गरेकोछ ।
बर्तमान सरकार संसद बाहिरका ब्यक्ती हुनु र संसद विघटन गर्नु गलत भएको भन्दै संसद पुनस्थापना गर्नुपर्ने माग सहित उनिहरुले बिरोध स्वरुप बाईक र्याली गरेका हुन ।
मंगलबार मनहरी बजारबाट शुरु भएको र्याली सिम्पानी, ज्यामिरे हुँदै पालिकाको केन्द्र रजैया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्न संविधान सभा सदस्य राजाराम स्याङ्तान,एमाले मकवानपुर जिल्ला पार्टी कमिटी उपाध्यक्ष हिदम लामा, जिल्ला सदस्य बिरेन्द डिसि लगाएतका अन्य नेताहरु पुगेका थिए ।
नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुबेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले सम्बद्ध नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । पालिका अध्यक्ष सुबेदिले यहि कात्तिक २९ गते जिल्ला स्तरीय खबरदारी सभामा सहभागी हुन आफ्ना नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
एमाले राक्सिराङ्ग तथा कैलाश गाउँ कमिटिले पनि मंगलबारै पालिकाको केन्द्रलाई आधार मानी खबरदारी सभा सम्पन्न गरेकोछ ।