संघिय संसद र प्रदेशका मुख्यमन्त्री भन्दा बहादुर देखिए राक्सिराङ्गे जनता, खोलामा निर्माण गरे काठे पुल

पटक पटक जनताबाट निर्वाचित भएर शासन सत्तामा पुगेका मकवानपुर जिल्ला निर्वाचन क्षेत्र २ “ख”बाट निर्वाचित बर्तमान बागमती प्रदेश सरकारका मुख्य मन्त्री माननीय ईन्द्र बहादुर बानियाँ र निवर्तमान संघिय संसद मकवानपुर जिल्ला संघीय निर्वाचन क्षेत्रबाट निर्वाचित माननीय महेश कुमार बर्तौला भन्दा बहादुर राक्सिराङ्गे जनता देखिएकोछ ।

उनिहरुले आफ्ना क्षेत्रको बिकासको बाधक बनेको लोथर खोलामा पुल निर्माण गरिदिन धेरै निर्वाचित जनप्रतिनिधिलाई लिखितम तथा मौखिक प्रस्ताव तथा आग्रह गरिसकेकाछन्। मकवानपुर जिल्लाकै कर्णाली भनेर चिनिने राक्सिराङ्ग गाउँपालिकाको चितवन जिल्लासङ्ग सिमाना जोडिएका वडाहरु ६ र ७ नम्बर वडाका जनताको बर्खाको समयमा प्राय स्थानिय बजार र अस्पताल जाने सम्पर्क लाईन नै टुट्ने हुदा त्यसको लागि पक्की पुल निर्माण गर्न भन्दै धेरै आग्रह गरिएको तर कुनै पनि निकायबाट समस्याको समाधानको लागि कतैबाट केही प्रयास नभएकोले हिउँदमा भए पनि अस्थाई काठे पुल निर्माण गर्न स्थानिय जनतानैलागी परेको स्थानिय समाजसेवी रावण प्रजाले बताउनुभयो ।

स्थानिय वडा सरकार र युवाहरुबाट हिजो र आज अर्थात कार्तिक २४ र २५ गते दुईदिनको लगातारको प्रयासमा अस्थाई रुपमा भएपनी काठे पुल निर्माण गर्न सफल भएको प्रजाले बताउनुभयो साथै माथिल्ला सरकार र जनप्रतिनिधि भनेको चुनाव अघि भोकाएको जुँगा जस्तै र चुनाव जितेपछी ढाडिएको जुँगा जस्तै भएको प्रतिक्रिया दिनुभयो ।

पुल निर्माण कार्यमा स्थानिय युवाहरु सङ्गै काठ र ढुङ्गा बोक्न पुगेका वडा अध्यक्ष अक्कल बहादुर मुक्तानले जनताको मत खाएर जाने माथिल्लो स्तरका जनप्रतिनिधिले बिकास निर्माणका योजना केवल चुनावी एजेन्डा बनाउने गरेको भन्दै उनिहरुले जनतालाई धोका दिईरहेको बताउनुभयो । स्थानिय तहमा वडा सरकारलाई बजेट थोरै दिने र चेपुवामा स्थानिय सरकारलाई पार्ने गरेको भन्दै जनता अब सचेत हुने बेला भएको बताउनुभयो ।

अस्थाई रुपमा काठको पुल निर्माण भए पछि उक्त बाटो हुँदै एम्बुलेन्स, बोलेरो , अटो , मोटर बाईक र स्थानिय बटुवाहरुलाई आवत जावतमा निक्कै राहत मिल्नेछ । झट्ट हेर्दा राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ६ र ७ लाई सेवा पुग्ने देखिए पनि राक्सिराङ्गकै अन्य वडाहरु ८ र ९ नम्बरका जनताले पनि प्रत्यक्ष लाभ लिने गर्दछ ।

उक्त क्षेत्रमा पक्की पुल नहुँदा बर्खाको समयमा बर्सेनि यात्रीहरुले दुख खेप्दै आईरहेकाछन् भने कैयौंले अकालमा ज्यान समेत गुमाउनु परेको तितो बिगत रहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.