टुकीको स्वार्थ भनेको आत्म सन्तुष्टि हो : अध्यक्ष सावित्री रजाली ( मगर)

टुकी फाउन्डेसनस्वार्थ भनेको आत्म सन्तुष्टि रहेको सस्थाकी अध्यक्ष सावित्री रजाली ( मगर)ले बताउनुभयो । उनले मनहरीको अग्नी होत्रा आश्रमको हलमा संस्थाको सामाजिक परिक्षण कार्यक्रममा मन्तव्य राख्ने क्रममा यस्तो बताउनु भएको हो ।

अध्यक्ष रजालीले हरेकको आफ्नै स्वार्थ रहने भन्दै टुकी फाउन्डेसनको पनि स्वार्थ रहेको र त्यो स्वार्थ भनेको आत्म सन्तुष्टि रहेको भन्दै अशक्त र सहारा बिहिन एकल आमाले जब आफू बस्ने घर आफ्नै आँखा अगाडि पाउदै गर्दा ती आमाहरुको आँखामा खुशीको आँसु देख्दा संस्थालाई आत्म सन्तुष्टि मिल्ने बताउनुभयो ।

मकवानपुर जिल्लामा मनहरी र राक्सिराङ्गमा २ बर्षको अवधिमा १८ जना एकल आमाहरुलाई १८ वटा सुरक्षित आवास निर्माण कार्य सम्पन्न भई सकेको समेत बताउनु भयो ।

यस्तै संस्थाकी कार्यकारी निर्देशक तथा एकल आमाहरुको लागि सुरक्षित आवास र जिबिकोपार्जन कार्यक्रम प्रमुख सीला सेन ठकुरीले ३ बर्ष भित्र २४ वटा सुरक्षित आवास निर्माण गरिने बताउनुभयो । परियोजना अन्तर्गत पहिलो , दोश्रो र तेश्रो चरणहरुमा कार्यान्वयन हुनेछ । पहिलो चरण ( २०२३/२०२४) दोश्रो चरण ( २०२४/२५) र तेश्रो चरण ( २०२५/२०२६) गरि कार्य सम्पादन गरिने समेत कार्यक्रम प्रमुख सेन ठकुरीले बताउनुभयो ।

परियोजनाको दोश्रो चरण अन्तर्गत सन् २०२४/२०२५ मा मनहरीमा ४ वटा सुरक्षित आवास निर्माण गरिएको जानकारी दिनुभयो । पहिलो बर्ष अर्थात सन् २०२३/२०२४ मा ५ वटा घर निर्माण गरिएको र तेश्रो चरण अर्थात सन् २०२५/२०२६ मा ६ वटा घरहरु निर्माणधिन अवस्थामा रहेको बताउनुभयो । यसको साथ साथै जिविकोपार्जनको लागि सिपमुलक तालिम र बाख्रा बितरण कार्यक्रम संचालन गरिएको बताउनुभयो।

मनहरी गाउँपालिकामा दोश्रो चरण अन्तर्गत एकल आमाको लागि आवास र जिविकोपार्जन परियोजनाबाट लाभान्वित मध्ये कि मनहरी ६ नम्बर वडाकी एकल महिला सुन्तली प्रजाले संस्थाको खुलेरै प्रसंशा गरिन्। झुपडीको बास रहेको ३ वटा बच्चाको सुत्ने र किताब राख्ने ठाउँ समेत नरहेको अवस्थामा अहिले सुरक्षित र ब्यबस्थित आवास मिलेको भन्दै टुकी फाउन्डेसनले साच्चै असहायको लागि जिवनको सहारा बनेर आएको बताईन्।

संस्थाले लाभान्वितहरुको सम्बन्धको अवस्था , बसोबासको अवस्था, पारिवारिक अवस्था,पारिवारको आर्थिक आयको अवस्था र न्यून आय श्रोत भएकाहरुलाई छनोटको आधार मानी लाभान्वितहरुको छनोट गर्ने गरेको कार्यक्रम प्रमुख सेन ठकुरीले बताउनुभयो ।

सुभरोथ नेपाल प्रा.ली. काठमाण्डौको प्राबिधिक सहयोगमा बर्ष २०२४/२०२५ को एकल आमाको लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिकामा भए गरेका कार्यक्रमको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष राम प्रसाद सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै मनहरी गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, पालिका श्रोत शिक्षक बिदुर थापा लगाएतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.