चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह हाजिरीजवाफमा ढुंगाना प्रथम,ट्राफिक प्रहरीलाई सचेतना बोर्ड

चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२५ को जेसीज सप्ताह अन्तर्गत बुधबार २ वटा कार्यक्रम सम्पन्न भएको छ । बिहान जेसीज सदस्यको बीचमा जेसीजको विषयमा हाजिरीजवाफ र दिउँसो ईलाका प्रहरी कार्यालय मनहरीमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण कार्यक्रम भएको हो । बिहान भएको हाजिरीजवाफ प्रतियोगितामा सुरज ढुंगाना प्रथम भएका छन् । हाजिरीजवाफमा द्धितीय पुस्कर रेग्मी र तृतीय बालकृष्ण बिष्ट भएका छन्् । जेसीजका सदस्यहरुको बीचमा भएको हाजिरीजवाफमा ९ जना सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक रञ्जन बिडारीको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका कार्यपालिका सदस्य मीरा गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको प्रथम, द्धितीय र तृतीय हुनेलाई नगदसहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ । कार्यक्रममा किवानिज क्लव अफ मकवानपुरमा अध्यक्ष पवन खड्का, पशुपति टोल विकास संस्थाका अध्यक्ष बालमुकुन्द ढकाल, धनेश्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष परमेश्वर लामिछाने, उज्वल भविष्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज गौतमलगायतको आतिथ्यता रहेको थियो ।

यस्तै दिउँसो ईलाका प्रहरी कार्यालय मनहरीमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण कार्यक्रम भएको छ । कार्यक्रम संयोजक पुष्कर रेग्मीको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ७ नम्बर वडा सदस्य नवराज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । जेसीज सप्ताह सप्ताह मूल कार्यक्रम संयोजक मिलन ढुंगानाले स्वागत गरेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख (प्रहरी निरीक्षक) दीपक थापा, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायव निरीक्षकद्वय दलजित परियार, छविराज शाही, कलिपोखरी डटकमका उमेश राई, चैनपुर जेसीज मनहरीका निवर्तमान अध्यक्ष जेसी रबिन ढकाल, अध्यक्ष सल्लाहकार ज्योतिराज लुइँटेललगायतको आतिथ्यता रहेको थियो । ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक थापाले युवाहरुको संस्था जेसीजबाट आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे । प्रमुख अतिथि वडा सदस्य सुवेदीले जेसीजले मनहरी गाउँपालिकाको सबै क्षेत्रलाई समेटेर काम गरिरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा सहकार्यको लागि तयार रहेको बताए ।

,,

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.