मनहरीमा जारी चैनपुर जेसिज मनहरीको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत छैठौं दिनको कार्यक्रम अन्तर्गत जेसिज स्लो बाईक रेस प्रतियोगिता सम्पन्न भएकोछ ।
बिहिबार बिहान ८:३० बजे मनहरी ४ स्थित गोलघरमा आयोजित स्लो बाईक रेस प्रतियोगितामा मनहरी ४ निवासी निमेष केसी बिजेता भएको हो ।
१६ जनाको सहभागीता रहेको प्रतियोगितालाई ४ ग्रुपमा बिभाजन गरि दुई चरणमा बिजेताको टुङ्गो लगाईएको थियो । पहिलो चरणमा ४ वटै टिमका बिजेताहरुलाई दोश्रो चरणमा सहभागी गराईएको थियो । जस अन्तर्गत मणिराज केसी,निमेष केसी,राम गौतम र लक्ष्मण गौतम आ- आफ्नो समुहबाट बिजयी हुँदै फाईनलमा स्थान बनाएका थिए ।
प्रतियोगितामा बिजयी हुँदै निमेष केसीले नगद ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछ। मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा चैनपुर जेसीज मनहरीको बर्ष २०२५ लागि अध्यक्ष श्री कृष्ण प्रसाद ढकालको सभाध्यक्षता रहेको थियो भने चैनपुर जेसिज मनहरीका जेसिज पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा बिजयी भएका केसीले लगाएत अन्य पुरस्कारहरु जेसिज सप्ताह र तेश्रो जेसिज फुटबल कप मनहरीको फाईनल खेल अर्थात कात्तिक १ गते मनहरी ४ स्थित गोलघर खेल मैदानमा हुने समापनको दिन बितरण गरिने आयोजक श्रोतले जानकारी दिएकोछ ।