मनहरी गाउँपालिका भित्र तिहार तथा छठमा प्लाष्टिक जन्य फुलमाला तथा गुच्छा बेच्न निषेध

मनहरी गाउँपालिकाले हिन्दु नेपालीहरुको महान चाड शुभ दिपावली र छठको अवसरमा नेपालमै उत्पादित र वातावरण मैत्री फुलहरु प्रयोग गर्न आग्रह गरेकोछ ।

सोमबार एक बिज्ञप्ती जारी गर्दै गाउँपालिकाले वातावरण मैत्री फुल र गुच्छाहरु आयात , भण्डार र बिक्रीवितरण गर्न कानुन बिपरित भएको र कोहि कसैले आयात , भण्डार र बिक्रि गरेको देखिएमा कानुन बमोजिम कारबाही स्वरुप सामाग्री जफत समेत गरिने मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले जानकारी दिनुभयो । स्थानिय फुल र वातावरण मैत्री फुलको प्रयोग गर्दै स्थानियलाई प्राथमिकता प्रदान गर्न लागिएको समेत जानकारी दिनुभयो । पालिकाले सम्बन्धित सरोकारवालाहरुलाई परिपत्र गरिसकेको पालिकाले जनाएकोछ ।

ब्याबसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीले पालिकाले लिएको निर्णयलाई स्वागत योग्य भएको प्रतिक्रिया दिएकोछ । समितिका सभापति गणेशमान मानन्धरले यस विषयमा आफुहरुलाई पालिकाको परिपत्र आएको र सम्पुर्ण ब्याबसायीहरुलाई पालिकाको निर्णय पालना गरिदिन आनुरोध समेत गर्नुभयो ।

मकवानपुर जिल्लाको हेटौंडा पछिको दोश्रो ब्यापारीक केन्द्रको रुपमा रहेको मनहरीमा तिहार लक्षित किनमेल शुरु हुनल लागेकै बेला आफुहरुले खरिद गरि ल्याईएको सामाग्रीमा नोक्सानी बेहोर्नु पर्ने भनी चिन्तित भएको केही ब्याबसायीहरुले चिन्ता ब्यक्त गरेकाछन्। यता ब्याबसायीहरुले चाडपर्व लक्षित गर्दै किनेर ल्याईएको सामाग्री बेच्न नपाउने चिन्ताका बिच स्थानिय रुपमा उत्पादित सयपत्री तथा मखमली फुलको बजार भाउ बढ्न सक्ने भएकोले बजार मूल्य निर्धारण तथा अनुगमन गर्नुपर्ने स्थानीय उपभोक्ताहरुले माग गरेकाछन्।
मनहरी गाउँपालिकाले भने मनहरी गाउँपालिकाको मुख्य ब्यापारीक केन्द्रहरु मनहरी बजार, लोथर बजार र रजैया बजारको नियमित अनुगमन गर्ने बताएकोछ ।

1 Comment

Comments are closed.

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.