साना किसान कृषि सहकारी संस्था लि.मनहरी ८ सिम्पानीले आफ्नो साधारणसभा सोमबार अर्थात असोज २८ गते ८ नम्बर वडाको शेयर सदस्यहरुको वडा स्तरीय भेला सङ्गै सम्पन्न गरेकोछ । संस्थाले आफ्नो २७ औं साधारणसभा असोज २५ गते देखि वडा स्तरीय रुपमा संचालन गरेको थियो । संस्थाले वडा नम्बर ६,७ र ९ सम्मको सभा यस अघि नै सकिसकेको थियो ।
२,६३२ शेयर सदस्य भएको संस्थाले साधारणसभा अन्तर्गत विभिन्न बिधामा पुरस्कृत सङसङ्गै सम्मान समेत गरिएको थियो । उत्कृष्ट ऋणी तर्फ १० जनालाई पुरस्कृत स्वरुप १०/१० कित्ता शेयर प्रदान गरिएकोछ । त्यस्तै उत्कृष्ट शेयर खरिद तर्फ ४ जनालाई पुरस्कृत स्वरुप १०/१० कित्ता शेयर प्रदान गरिएकोछ । यस्तै उत्कृष्ट तरकारी खेती किसान तर्फ ५ जनालाई १०/१० किलो सुक्ष्म पोषण तत्व मिश्रति जाईन भिटामिन प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट बाख्रा पालन किसान तर्फ २ जनालाई प्रतिब्यक्ती २.५ लि भिटामिन,
उत्कृष्ट दूध उत्पादन कृषकलाई तर्फ ७ जनालाई प्रती ब्यक्ती ५/५ लिटरको भिटामिन ,जेष्ठ सदस्य सम्मान अन्तर्गत ४ जनालाई प्रतिब्यक्ती १०/ १० हजार रुपैया र आफ्ना संस्थाको शेयर सदस्यहरुको छोराछोरीको सरकारी तथा संस्थागत बाट एसईईमा उत्कृष्ट नतिजा सहित पास हुने उत्कृष्ट बिद्यार्थीहरु २/२ जनालाई जनही २/२ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गतिएको थियो ।

२०८२ असोज २७ गते सम्मको सस्थाको हिसाब हेर्दा ऋण लगानी मात्रै ६१ करोड बराबरको भएको देखिन्छ ।
संस्थाको सम्पती तथा दायित्व सम्बन्धी थप बिबरण यस प्रकारकाछन ।

संस्थाले ६ वटा छुट्टाछुट्टै दुग्ध संकलन केन्द्रबाट
दैनिक ५ हजार लिटर भन्दा माथी दूध संकलन गर्दै आईरहेकोछ ।यस्तै सस्थाले सहकारी कृषि पसल , बचत तथा ऋण कारोबार ,कस्टम हाईरिङ अन्तर्गत सहुलियतमा धान रोप्ने स्वचालित मेसिन बिघा को ५ हजार , जोत्न ट्रयाक्टर र थेसर प्रती घण्टा रु. १ हजार ८०० सय रुपैया शुल्क निर्धारण गरि सेवा प्रदान गर्दै आईरहेकोछ ।

सस्थाले कार्यक्रममा सहभागी हुने शेयर सदस्यहरुलाई ४२५ रुपैयाँ बराबरको ९ प्रकारको तरकारीका बीउ एक सय रुपैयाँमा नै बीउ अनुदान उपलब्ध गराएको थियो । संस्थाकी अध्यक्ष बिमला कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम सकिएकोछ अब हिन्छ
https://shorturl.fm/VTZlQ
https://shorturl.fm/40ex9