चैनपुर जेसिज सप्ताह आजदेखी शुरु ,तीन जना वडा अध्यक्ष सहित ३५ जनाले गरे रक्तदान

चैनपुर जेसिज मनहरीले आज आईतबारबाट जेसिज सप्ताह शुरु गरेकोछ । साताब्यापी कार्यक्रमको शुरुवात रक्तदान कार्यक्रमसङ्गै गरेको हो ।

आईतबार बिहान मनहरी ९ रजैया चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ४,५ र ९ का वडा अध्यक्षहरु क्रमशः प्रकाश थापा,दीपेन्द्र अधिकारी र राजकुमार श्रेष्ठ सहित ३५ जनाले रक्तदान गरेका थिए । प्रमुख अतिथी ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठले संस्थाका अध्यक्ष श्रीकृष्ण ढकाललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको बिधिवत रुपमा शुरु भएको घोषणा गर्नुभएको थियो । ।

वडा अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा युवाहरु लागू औषध दुर्ब्यसनमा फसेको भन्दै युवालाई समेटेर रचनात्मक गतिबिधिमा युवा संलग्नता बढाउदै लैजानमा जेसिजले मद्दत पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

जेसिजले आज देखि कात्तिक १ गते सम्म बिभिन कार्यक्रम सहित मनाउन लागिएको चैनपुर जेसिज मनहरीका अध्यक्ष श्रीकृष्ण ढकालले जानकारी दिनुभयो ।

साथै आजैबाट शुरु भएको सप्ताहब्यापी कार्यक्रमको रुपरेखामा भोलि अर्थात असोज २७ गते मनहरी ५ रुन्छे डाँडा स्थित मदन आश्रीत प्रा.बि. मा स्टेसनरीका सामाग्री बितरण , असोज २८ गते मनहरी ८ मा अवस्थित महेन्द्र किरण मा.बि. मा बक्तृत्वकला प्रतियोगिता, असोज २९ गते बिहान ईलाका प्रहरी कार्यालय मनहरी ७ लाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण , मनहरी ३ स्थित जेसिज सचिवालय कार्यालयमा जेसिज स्तरीय हाजिरी जवाफ प्रतियोगिता , असोज ३० गते मनहरी ४ स्थित गोलघर खेल मैदानमा स्लो बाईक रेस र कात्तिक १ गते जेसिज सप्ताह तथा फुटबल प्रतियोगिता समापन कार्यक्रम रहेको चैनपुर जेसिज बर्ष २०२५ अध्यक्ष श्री कृष्ण ढकालले जानकारी दिनुभयो । साथै हरेक क्रियाकलापको संयोजनको लागि छुट्टाछुट्टै जेसिहरुलाई जिम्मेवारी दिईएको समेत जानकारी दिनुभयो।

रक्तदान कार्यक्रम मनहरी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष थापा, ५ नम्बर वडा अध्यक्ष अधिकारी त्यस्तै चैनपुर जेसिज मनहरीका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी लगाएतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम चैनपुर जेसिज मनहरीका बर्ष २०२५ का अध्यक्ष श्री कृष्ण ढकालको सभाध्यक्षतामा सम्पन भएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.