देश संघियतामा प्रवेश गरेसङ्गै वन क्षेत्रको बिकासमा सहयोग पुगेको डिभिजन बन कार्यालय राप्ती मनहरीका प्रमुख डिएफओ हेम बहादुर थापाले बताउनुभएकोछ । शनिबार सम्पन्न मनकामना साबउ समुहको २० औं साधारण सभामा प्रमुख अतिथी समेत रहनुभएका बन अधिकृत थापाले सामुदायिक वन संरक्षणको विषय बहसको विषय बनेको समेत बताउनुभयो ।
बन भनेको बाली हो भन्नुहुदै जसरी किसानले बालिनालिको संरक्षणमा ध्यान दिन्छन त्यस्तै बनलाई पनि बन प्राबिधिकहरुको प्रत्यक्ष निगरानी र स्थानिय समुदायलाई समेत प्रत्यक्ष सहभागी गराई बन क्षेत्र हुर्काउन सहयोग गर्नुपर्नेमा आम उपभोक्ता र बन प्राबिधिक लागि पर्नुपर्ने बताउनुभयो ।
यस्तै गरि कार्यक्रममा मन्तव्य राख्ने क्रममा मनहरी ७ नम्बर वडा अध्यक्ष ठाकुर राम तितुङले मनकामना सामुदायिक बन उपभोक्ता समुहको नयाँ नेतृत्व आएपछी सुधार भएको भन्दै प्रसंशा गर्नुभयो ।
सब डिभिजन कार्यालय मनहरीका प्रमुख डटेन्द्र गोलेले मनहरी क्षेत्रबाटै डिभिजन बनको क्षेत्र भित्रको सर्बोत्कृष्ट बन्न सफल भएको र यो क्रमलाई निरन्तरता दिन मनहरीका बन उपभोक्ता समुहले काम गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।
बन उपभोक्ता समुहको साधारण सभामा अध्यक्ष सुरेश मुक्तानले प्रगति बिवरण सार्वजनिक गर्नुभएको थियो ।साथै मनहरीका उपभोक्ताहरुले अब बर्ष भरीनै काठ प्राप्त गर्ने वातावरण मिलाईएको समेत बताउनुभयो । समूहकी कोषाध्यक्ष मनिषा स्याङ्तानले गत आर्थिक बर्ष २०८१/०८२ मा ६५ लाख रुपियाँ बराबरको कारोबार भएको जानकारी सार्बजनिक गर्नु भएको थियो ।
त्यसैगरी चालू आर्थिक बर्षमा विभिन्न शीर्षकमा खर्च तथा आम्दानीको विवरण सार्बजनिक गर्दै समूहकी सदस्य लक्ष्मी प्रजाले ६७ लाख रुपियाँ बराबरको कारोबार हुने अनुमानित बजेट सार्बजनिक गर्नु भएको थियो ।
कार्यक्रममा मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवनकुमार जोशी, समूहका पूर्व अध्यक्ष गौतम लामा, डिपाड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर मुक्तान, उपभोक्ताका तर्फबाट धर्मराज स्याङ्तान लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
https://shorturl.fm/VTZlQ
https://shorturl.fm/Kv8VV