१४ बर्ष पछि पुनः प्रचण्डको सुरक्षामा पूर्व जनमुक्ति सेना

अन्तरीम सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसंगै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका संयोजक पुष्प कमल दाहाल ” प्रचण्ड ” को सुरक्षामा पूर्व जनमुक्ति सेनाले गर्ने भएकोछ ।

गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेसंगै नेता प्रचण्डको सुरक्षाको लागि जनमुक्ति सेना खटिएको हो । प्रचण्ड लगायत माओवादी नेताहरुको सुरक्षा पूर्वजनमुक्ति सेना (पीएलए)ले गरिरहेको र गरिरहने माओवादी नेता दीपशिखाले जानकारी दिए ।

प्रचण्डको सुरक्षार्थ खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रममा छन् । यसअघि सरकारले सुरक्षा चुनौतीलाई ख्याल गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो । शुक्रबार बिहानसम्म मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्नेगरी सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । तर यस्तो निर्णय पूर्वपदाधिकारीहरूलाई मात्र नभई बहालवाला पदाधिकारीहरूको हकमा पनि भएको गृह मन्त्रालय स्रोतले जिकिर गरेको छ ।

माओवादी जनमुक्ति सेनाका पूर्वसर्वोच्च कमाण्डर समेत रहेका प्रचण्ड २०६३ मा भएको तत्कालीन सरकार र विद्रोही माओवादीबिच बृहत शान्ति सम्झौत गरी शान्तिपूर्ण राजनीतिमा आएका थिए । यद्यपि पूर्वप्रधानमन्त्रीको हैसियतमा सशस्त्र प्रहरीका एक कमाण्डरसहित १६ जना र नेपाल प्रहरीका दुई जना जुनियर अधिकृत राख्न पाउने कार्यविधि रहेको गृह प्रशासनले जानकारी दिएको छ ।

भदौ २३ र २४ गते जेनजी विद्रोहका क्रममा देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन, राजनीतिक दलहरुका कार्यालय, नेताहरुको निजी निवासमा आगजनी भएपछि प्रचण्ड उच्च सुरक्षा घेरामा बसेका थिए । तर भदौ २४ गते एक दिन मात्र राज्यको सुरक्षामा बसेको दीपशिखाले दाबी गरेका छन् । अघिल्लो दिन सरकारले १९ जना जेनजीको हत्या गरेपछि प्रचण्डले त्यसदिन सिंहदरबारमा विपक्षी दलको आकस्मिक बैठक बोलाएका थिए ।
‘प्रचण्ड भदौ २४ गते मात्र सुरक्षा घेरामा बस्नुभएको हो । भोलिपल्टबाट पूर्व पीएलए र वाईसीएलले नै सुरक्षा दिइरहेको छ’, दीपशिखाले भने ।

प्रचण्डको हकमा बृहत शान्ति सम्झौतामै विशेष सुरक्षा दिने व्यवस्था भएकाले शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुँदासम्म सरकारले पूर्वाग्रह राख्न नहुने उनको तर्क छ ।
खुमलटारस्थिति निवास खरानी भएपछि प्रचण्ड ललितपुरको सातदोबाटो, खुमलटार आसपास बस्दै आएका बुझिएको छ ।

जेनजी विद्रोहपछि प्रचण्डलाई भित्री घेरामा माओवादीका पूर्व पीएलएले आवश्यकता अनुसार विशेष सुरक्षा दिइरहेको दीपशिखाले जानकारी दिए । उनका अनुसार बाहिरी घेराको सुरक्षा व्यवस्था वाईसीएलले गरिरहेको छ ।

२०६८ साल चैत्र देखि पिएलएको सुरक्षा बाहिर रहेका प्रचण्डको सुरक्षा अब १४ बर्ष पछि पूर्व जनमुक्ति सेनाको हातमा पुगेको हो । प्रचण्डको सुरक्षार्थ खटिएका पूर्व जनमुक्ति सेना नेपालका कमाण्डर सुमन पाख्रिनले प्रचण्ड लगाएत आफ्ना पार्टीका अन्य नेताको सुरक्षाको निमित्त पिएलए सक्षम रहेको बताए साथै सुरक्षा संबेदनसिलताको विषयमा र पछिल्लो समयको सुरक्षा स्थितिको बारेमा पूर्व जनमुक्ति सेना सजक रहेको समेत बताउनुभयो ।

वाईसीएलका अध्यक्ष पुष्प ओलीले भित्री घेराको सुरक्षा व्यवस्थापन दीपशिखाले गरेका छन् । बाहिर घेराको व्यवस्थापन ओलीले गरेका छन् । प्रचण्डको सुरक्षाका लागि वाईसीएल काठमाडौँ उपत्यका र उपत्यका प्रदेशका लडाकुहरु खटिएको ओलीले जानकारी दिए ।
‘अध्यक्षलाई दुई तहको सुरक्षा दिएका छौँ । भित्री घेराको सुक्षा जिम्मा पूर्व पीएलएले लिएको छ । त्यसको व्यवस्थापन दीपशिखाले गर्नुभएको छ । बाहिरी घेराको सुरक्षा जिम्मा वाईसीएलले लिएको छ, जुन मेरो नेतृत्वमा व्यवस्थान हुन्छ’, ओलीले भने, ‘प्रचण्ड कुनै कार्यक्रममा जानुछ भने पहिल्यै नै त्यहाँ गएर सुरक्षा चुनौती अनुगमन गरी व्यवस्था गर्छौँ । बाहिर जिल्लाको हकमा सम्बन्धित जिल्लाकै कमिटीले जिम्मा लिने समेत जानकारी दिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.