मनहरी बसन्तपुरको टासी छ्योइलिङ गुम्बामा ञ्युङ्ने मौनव्रत व्रत सम्पन्न

असोज, मनहरी – पश्चिम मकवानपुरको मनहरीमा ञ्युङ्ने मौनव्रत सम्पन्न भएको छ। मनहरीको वडा ५ बसन्तपुर गुम्बा टोल स्थित टासी छ्योईलिङ गुम्बामा असोज १३ गते फूलपाती देखि शुरु भएको त्रिदिवसीय महाकरुणीमय आर्य अवलोकितेश्वर (चेनरेसी) को ञ्युङ्ने मौनव्रत आज बिहिबार सम्पन्न भएको हो ।

नेपाल अहिंसावादी बौद्धधर्म चक्र संघको गुरु लोपेन ङवाङ दोर्जे लामाको आतिथ्यतामा भएको ञ्युङ्ने मौनव्रत व्रतमा लामा गुरु, मणिपा र व्रतालु उपासक-उपासिकाहरू ३८ जना सहभागी रहेको थियो। बौद्धधर्मलम्बिहरुले दशैँका बेलामा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै सबै प्राणीप्रति करुणा र बोधिचित्तको भावना जागृत गराउने उद्देश्यले देशैभरको गुम्बामा मौनव्रत बस्ने गरेको छ।

मौनव्रत फूलपातीको दिन लामा गुरु, मणिपा र व्रतालु उपासक-उपासिकाहरू जम्मा भै १४ गते अष्टमीको दिन बिहान शिल ग्रहण सोक्ज्योङ मौनव्रत, नवमीको दिन खानपान र पानी समेत नखाई निराहार मौनव्रत बसी १६ गते दशमी बिहिबार बिहान सातु, तातोपानी र फलफुल खाई मौनव्रत बिसर्जनपछि प्रमुख गुरुबाट प्रवचन, पुजापाठ, प्रसाद (छोग) ग्रहण छेवाङ अभिषेक टासी मंगल गरि ञ्युङ्ने मौनव्रत कार्यक्रम सम्पन्न भएको थियो।

त्यस्तै, ६ वर्षपछि पुन: सन्चालनमा ल्याएको ञ्युङ्ने मौनव्रत व्रत अझै परिस्कृत गरि बौद्धधर्म सस्कृतिको चेतना सबैमा जागृत गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्ने गुम्बा व्यबस्थापन समितिको अध्यक्ष राजाराम स्याङ्तान बताउनुभयो।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.