११ औं संविधान दिवस २०८२ को अवसरमा माओवादी केन्द्रले मनहरीमा दीप प्रज्वलन गरेकाछन्।
माओवादी केन्द्र राक्सिराङ्ग गाउँपालिका कमिटी र मनहरी गाउँपालिका कमिटीको संयुक्त कार्यक्रममा उक्त पार्टीका प्रदेश कमिटी सदस्य देखि पार्टीका वडा स्तर सम्मका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
संविधान सभाबाट २०७२ साल असोज ३ गते अर्थात आजकै दिन नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको थियो । नेपालको संविधान २०७२ जारी भए ११ औं वार्षिकोत्सव मनाउने क्रममा पार्टीले नेताहरूले १० बर्षे महान जनयुद्धको जगमा बनेको संविधान उत्कृष्ट रहेको बताएका थिए ।
पार्टी प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिकाकी निर्वाचित जनप्रतिनिधि उपाध्यक्ष सीता पुलामी मगर (रेखा)ले मान्छेले मान्छे नगन्ने समाजमा महिला, दलित, जनजाती र समग्र उत्पीडन बर्ग, जाती ,क्षेत्र र लिङ्गको हक अधिकार सुनिस्चितता यस संविधानमा भएको भन्दै राज्यको शासकीय स्वरुप अन्तर्गत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा नछोडेको र अहिले त्यो बेला लिएको अडान जनताको वास्तविक माग सावित भएको समेत बताउनु भयो ।
त्यस्तै जेष्ठ कम्युनिष्ट मन्चका केन्द्रिय सदस्य तथा मनहरी गाउँ कमिटी ईन्चार्ज रामहरि सुबेदीले संविधान भनेको देशको मुल कानुन भएकोले राष्ट्रलाई कस्तो बनाउने भन्ने संविधानलेनै मार्ग निर्देशशीत गर्ने भएकोले नेपालको संविधान २०७२ ले धेरैको हक र अधिकार सुनिस्चित गरेको बताउनुभयो ।
यस्तै माओबादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष हस्त बहादुर मुक्तानले नेपालको संविधान २०७२ प्राप्तिका लागि १७ हजार वीर सहिदले बलिदान गरेको भुल्नु नहुने भन्दै ०६२/६३ सालको जनान्दोलनका सहिदहरुको पनि महान त्यागबाट यो संविधानको माओवादी केन्द्रलाई निक्कै महत्वपूर्ण रहेको बताउनुभयो । साथै यो संविधानले सर्बाहारा बर्गको हितमा अधिकार स्थापित गरेको भन्दै संविधान लेखनको क्रममा माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीलाई संविधानमै लेख्न चाहेको स्मरण गराउदै अहिलेको जेनजी पुस्ताको आन्दोलनको माग त्यो माओबादी केन्द्रले पहिलेनै उठाएको कारण माओबादी केन्द्र मात्रै परिवर्तनकारी पार्टी र जनताको पार्टी भएको बताउनुभयो ।
यस्तै मनहरी गाउँ कमिटीका पार्टी अध्यक्ष आनन्द घलानले संविधानको रक्षार्थ माओबादी केन्द्र सबै बन्दा अग्र मोर्चामा रहने भन्दै अहिलेको नेपालको बिकासको मोडल माओवादीको एजेन्डा भएको समेत जिकिर गर्नुभयो । सम्सदिय ब्यबस्थाले पुर्णतः जनताको म्याण्डेटलाई कार्यान्वयनमा उपयुक्त नभएको भन्दै देश माओवादी केन्द्रले उठाएको प्रत्यक्ष कार्यकारी राष्ट्रपति निर्वाचन प्रणाली र पुर्ण समानुपातिक हुनुपर्नेमा जोड दिनुभयो । साथै नेपालको संविधान २०७२ मा नै प्रत्यक्ष कारकारी राष्ट्रपति प्रणाली राखिएको भए अहिलेको राजनैतिक सन्कट पैसा नहुने भन्दै माओबादी केन्द्रको भिजनले मात्रै देश परिवर्तन हिने बताउनुभयो ।
संयुक्त रुपमा आयोजित दीप प्रज्वलनन कार्यक्रम साझँ ५ बजे मनहरी बजारको मेन चोकमा दीप प्रज्वलन गरिएको थियो ।
https://shorturl.fm/y4qYm