पार्क भित्र ब्यायसायिक भवन निर्माणको स्थानियद्वारा बिरोध , काम रोक्न वडा अध्यक्ष श्रेष्ठको निर्देशन

मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित मोतिदेवी पार्क भित्र ब्यायबसायिक भवन बनेपछि स्थानिय युवाहरु बिरोधमा उत्रेको हो ।

राज्यबाट पटक पटक लगानी भएको उक्त स्थलको नामै परिवर्तन गरि ज्यामिरे मध्यवर्ती पार्क नामाकरण गरि स्थानियलाई थाहै नदिई ज्यामिरे मध्यवर्ती सामुदायिक वनले उक्त स्थानमा ब्याबसायिक योजना सहितको सम्रचना निर्माण भए लगत्तै स्थानियले बिरोध जनाएको हो । सो क्षेत्रमा रहेको ट्रस्टलाई नै ब्लक लगाई निर्माण कार्य अगाडि बढाए पछि स्थानिय झन आक्रोशित भएका थिए । रिसोर्टको अवधारणा अन्तर्गत बनाउने हो भने खाली ठाउँ जति पनि भएको भन्दै पार्कलाई पार्ककै रुपमा रहन दिन स्थानिय सुजन लामाले जानकारी दिनुभयो ।

यस्तै गरि स्थानिय विश्व राना मगरले उक्त क्षेत्रमा कुनैपनी हालतमा स्थानिय युवाहरुले पिकनिक स्पष्ट मास्न नदिने र समितिले अटेर गरि सम्रचना बनाउने हो भने जवाफदेही मध्यवर्ती नै हुने बताउनुभयो । आक्रोशित युवाका भिडले निर्माण कार्य तत्काल रोक्न र पहिले जस्तो थियो त्यस्तै बनाईदिन आग्रह गरेकाछन ।

ज्यामिरे मध्यवर्ती उपभोक्ता समुहका अध्यक्ष राम पुरिले बहुमतले उक्त क्षेत्रलाई ईको फन पार्क बनाउन निर्णय गरिएको र काम अघि बढ्ने बताउनुभयो । अध्यक्ष पुरिका अनुसार ३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा पहिले देखीनै बजेट पर्दै आईरहेको र केही पार्टिका कार्यकर्ताले खाईपाई आएको अब त्यस्तो हुन नदिनको लागि वन समुहले सबै प्रक्रिया पुर्‍याई ठेक्कामा दिईएको र बार्षिक एक लाख लिने गरि वन समुह अन्तरगतै पर्ने मनहरी ५ का केही युवा ब्याबसायीहरुलाई दिईएको जानकारी दिनुभयो ।

वडा अध्यक्ष राजकुमार श्रेष्ठ सहितको क्षफलमा तत्काल काम रोक्न आदेश दिएपछी निर्माणको कार्य रोकिएको हो । सर्वपक्षीय छलफल र स्थानियको सहभागितामा निचोड निकाल्नुपर्ने भन्दै सबैलाई संम्यमित हुन सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

२०७४ सालमा स्वर्गीय गोबिन्द रिजालको संयोजकत्वमा तत्कालिन समयमा तिरतिरे धारा पिकनिक स्पोर्ट्स हुँदै मोतिदेवी पिकनिक पार्कको नाममा प्रदेश सरकार र स्थानिय सरकारले लाखौ रकम लगानी गरिसकेकोछ । उक्त क्षेत्रमा ब्यबस्थित गेट , तारबार, पिकनिक खानको लागि सुरक्षित ट्रस्ट , ब्यबस्थित बाटो , विश्राम गर्न सिमेन्टेड कुर्सी , गोलघर लगाएतका सम्रचना निर्माण सम्पन्न भैसकेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.