चुरीडाँडाका किसानको लोभलाग्दो टमाटर खेति, पालिकाद्वारा थप टनेल प्रदान गरिने

राक्सिराङ्गको चुरीडाँडाका कृषक समुहले टनेल खेती मार्फत लोभलाग्दो टमाटर फलाएकाछ्न्। राक्सिराङ्ग ५ नम्बर वडाको उक्त ठाउँमा कृषक समुहनै निर्माण गरि स्थानिय सरकारले ल्याएको नीति सफल बनाउन लागि परेका समुहका अध्यक्ष पुर्ण बहादुर प्रजाले जानकारी दिए । २५ जनाको समूहमा अहिलेलाई १० जनालाई छनोट गरि एक टोल एक उत्पादन कार्यक्रम ल्लागु गरिएको थियो । पालिका सरकारबाट ८०% अनुदानमा प्राप्त टनेल भित्र उनिहरुले लोभलाग्दो टमाटर खेती गरेकाहुन् ।

पानीको अभावले खेती योग्य जमिनमा पनि आकासे पानीको भर पर्दै आईरहेको अवस्थामा प्रदेश सरकारको आर्थिक सहयोगमा रिजर्भ ट्यांकी र पाईप लाईन निर्माण सकिएको र सम्भावनाको खोजी गर्न र अभ्यासको लागि पालिकाले देखएको तदारुकता देखाएको प्रती आभार प्रकट गर्दै पुर्व जनप्रतिनिधि समेत रहिसक्नुभएका सुरेश घलानले हामी काम गर्न तयार रहेको र त्यसको लागि पालिकाले अझै कार्यक्रमको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसो त पालिकाले स्थानिय उत्पादनहरुलाई प्रबर्द्धन र बजार ब्यबस्थापनको लागि बिगतका दिनमा केही प्रयास भने गर्दै आईरहेकोछ । कृषि हात बजार त्यसको गतिलो उदाहरण पनि हो । गत आर्थिक बर्ष २०८१/०८२ मा एक टोल एक उत्पादन कार्यक्रम अन्तर्गत चुरीडाँडामा १० वटा घरलाई टनेल प्रदान गरिएको थियो।

पालिकाबाट अनुगमनको लागि आईतबार चुरिडाँडा पुग्नुभएका कृषि शाखाका कृष्ण डुम्रेले किसानको मेहनत र पालिकाको लगानी मेल खाएको र अहिलेको परिणामले पालिका सरकारलाई थप हौसला मिलेको र कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । चाडपर्वलाई लक्ष्यित गरि किसानहरुले टमाटर निकाल्न लागिएको समेत कृषि शाखाका डुम्रेले जानकारी दिनुभयो ।

पालिकाको तर्फबाट गत आर्थिक बर्षमा रु. ६,४४,८३३/४४ पैसा र स्थानियको तर्फबाट रु. १,६४,३३३/३६ पैसा गरि कुल रु. ८,०९,१६६/८० पैसाको योजना सम्पन्न गरिएको थियो । पालिकाले टनेलको साथ साथै २०० लिटरको थोपा सिंचाइको लागि प्रयोग गरिने पानीको ड्रम समेत बितरण गरिएको थियो ।

मनहरी गाउँपालिकाको वडा नम्बर ६ को रुपाचुरी बस्ती सङ्ग जोडिएको उक्त क्षेत्रमा उत्पादन हुने तरकारी तथा फलफुल स्वादिको हुने भएकोले बजार निक्कै राम्रो रहदै आईरहेकोछ । झण्डै ६० घरधुरी रहेको चुरीडाँडाका स्थानिय कृषक समुहको आयश्रोतको दरिलो श्रोत टनेल खेती हुने निस्चित छ तर यसमा स्थानिय सरकारले पनि बिशेष क्षेत्र घोषणा गरि अगाडि बढ्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.