रक्तदान गरौ, जीवन दान गरौ भन्ने मुल नाराका साथ विश्व बन्धुत्व दिवसको अवसर पारेर ब्रह्माकुमारीज समाज सेवा प्रभाग मनहरीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।
मनहरी ८ सिम्पानी स्थित आमा घरमा संचालन भएको उक्त कार्यक्रममा ८५ जनाले रक्तदान गरेकाछन्। आईतबार बिहान ७ बजे देखि १० बजेसम्म चलेको रक्तदान कार्यक्रम मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले आमा घर मनहरीका अध्यक्ष राम चन्द्र उप्रेतीलाई ब्लड ब्याग हस्तान्तरण गरि औपचारिक रुपमा रक्तदान कार्यक्रम शुरु गरिएको थियो ।
राजयोगिनी प्रकाशमणी दिज्युको १८ औं पुण्यतिथीको अवसरमा सस्थाले मकवानपुर जिल्लाको मनहरी सहित हेटौंडा र थाहा नगरपालिकामा समेत रक्तदान कार्यक्रम सन्चालन गरिएको थियो । हेटौंडामा ११३ जना र थाहा नगरपालिकामा ७२ जना र मनहरीको ८५ जना गरि २७० रक्तदाताले रक्तदान गरेकोहो ।
एक सय घण्टामा एक लाख मानिसहरुको रगत संकलन गर्ने उद्देश्यले मेघा ब्लड कलेक्सन कार्यक्रम राखिएको ब्रम्ह कुमारी ईश्वरी बिश्वबिधालय केन्द्रिय सदस्य तथा आमा घर आश्रमको संरक्षक बिजयराज सिग्देलले जानकारी दिनुभयो ।

ब्रम्ह कुमारी ईश्वरी बिश्वबिधालय बिश्वका एक सय ४१ वटा राष्ट्रमा फैलिएको र आध्यात्मिकतालाई पनि समाज सेवासंग सङ्गै जोड्न सकिन्छ भन्ने सन्देश दिन नेपाल, भारत र चिनमा रक्तदान कार्यक्रम राखिएको समेत सिग्देलले जानकारी दिनुभयो।
मनहरीमा भएको रक्तदानमा जनप्रतिनिधि , कर्मचारी ,नेपाली सेना, नेपाल प्रहरी , शशस्त्र प्रहरी , विभिन्न संघ/ संस्थाका प्रतिनिधि , शिक्षक लगाएत अन्यले सहभागिता जनाएको थियो । जसमा सस्थागत तर्फ युनाईटेड ईङ्लिस बोर्डिङ स्कुल मनहरी ८ ले सबैभन्दा धेरै सहभागिता जनाएकोछ । युनाईटेडले ३० जनाको रक्तदाता सहभागिता गराएको थियो ।

मा. उपकुलपति डा.प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती तथा उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) बिशिष्ट अतिथी,ब्रम्ह कुमारीज मकवानपुर ब्रकृ रेवती दिदिजि , मनहरी ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती ,मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान मकवानपुर संयोजक चिरन्जिवी चुडाल , आमा घर आश्रम मनहरीका अध्यक्ष रामचन्द्र उप्रेती , एकराज उप्रेती, लगाएत अन्यको आतिथ्यता रहेको थियो ।
बृहत र ऐतिहासिक बनाउन मनहरी गाउँपालिका,नेपाल रेडक्रस सोसाईटी उपशाखा मनहरी ,लायन्स क्लब अफ मनहरी , उद्योग बाणिज्य संघ पश्चिम् क्षेत्र समिती मनहरी ,साना किसान कृषि सहकारी संस्था लि.,शसस्त्र प्रहरी बल मनहरी,नेपाल चेपाङ संघ जिल्ला कार्यकारिणी समिती मकवानपुर ,मनकामना सनातन धर्म संरक्षण समिती मनहरी, युनाईटेड ई . बोर्डिङ मनहरी, नुरि जामे मस्जित र मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिती आदि सहयोगी संस्थाको रुपमा रहेकाथिए ।
बृहत रक्तदान कार्यक्रम मकवानपुरको हेटौंडा , थाहा र मनहरीमा भाद्र ६,७ र ८ गते संचालन भएकोहो । बृहत रक्तदान कार्यक्रम ब्रम्हाकुमारीज मकवानपुरका क्षेत्रीय प्रमुख सन्चालिका ब्रम्हाकुमारी शुशिला दिदिजिको सभाध्यक्षतामा सम्पन्न भएको हो ।