बिबिएस चौथो बर्षको रिजल्टमा मनहरी बहुमुखी क्याम्पसको ७७.७८ प्रतिशत बिधार्थी पास

बिबिएस चौथो बर्षको रिजल्टमा ७७.७८ प्रतिशत बिधार्थी पास गराउन सफल भएकोछ । २०८२ जेष्ठ १६ गते देखि शुरु भएको चौथो बर्षको परिक्षामा मनहरी बहुमुखी क्याम्पस मनहरीबाट ९ जना सहभागी भएका थिए ।

त्रिभुवन बिश्वबिधालयले शुक्रबार अर्थात भाद्र ६ गते प्रकाश गरेको नतिजामा क्याम्पसबाट सहभागी मध्ये ३ जना प्रथम श्रेणी सहित बिधार्थी पास गराउन सफल भएको हो । ९ जना बिधार्थी परिक्षामा सहभागी भएका मध्ये ७ जनालाई उत्कृष्ट नतिजा सहित पास गराउन सफल भएकोछ ।

बाँकी २ जना मध्ये एक जनालाई एउटा विषय लागेको र अर्को एक जनाले परीक्षा दिएको ३ वटा विषय पास र बाँकी २ वटामा परिक्षामा अनुपस्थित भएको कारण फेल भएको क्याम्पस प्रमुख गोबिन्द प्रसाद बर्तौलाले जानकारी दिनुभयो ।

सिमित श्रोत साधनको बाबजुद पनि क्याम्पस प्रसासन , प्राध्यापक तथा मेहेनती बिधार्थीको कारण यो सफलता हासिल गरेको भन्दै थप जिम्मेवारी बोध भएको क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष ओम बहादुर ग्लानले बताउनु भयो । साथै क्याम्पस संचालनको लागि अहोरात्र खटिनुहुने सम्पुर्ण तह र तप्कालाई धन्यवाद दिनिभयो । साथै आफ्नै घर आगनको क्याम्पसमा अध्ययन गरि क्याम्पसको गरिमा बढाईदिन बिधार्थिहरुलाई आह्वान समेत गर्नुभयो ।

मनहरी बहुमुखी क्याम्पस २०६९ सालमा स्थापना भई स्थापना कालदेखी नै उत्कृष्ट नतिजा सहित बिधार्थी पास गराउदै उत्कृष्ट शैक्षिक गन्तब्यको रुपमा आफुलाई स्थापित गर्दै आईरहेकोछ । क्याम्पसमा बिबिए र बिबिएस संकायका कक्षाहरु सन्चालन हुँदै आईरहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.