प्लस टु मनहरी टपर सुस्मिताको रोजाईमा मनहरी बहुमुखी क्याम्पस

सामान्य परिवारमा जन्मिएकी सुस्मिता खड्का प्लस टु तर्फ मनहरीबाट प्रथम स्थान हासिल गरेकी खड्काले स्नातक तहको अध्ययनको लागि घर आगनकै क्याम्पसलाई रोजेकीहुन् ।

महेन्द्र किरण माध्यामिक बिधालयबाट प्लस टु तर्फ ३.४८ जिपिए सहित पालिका टप गरेकी उनले बिबिएस प्रथम बर्षको लागि मनहरी बहुमुखी क्याम्पसमा भर्ना भएकीहुन् ।

मनहरी बहुमुखीमा भर्ना भएकी खड्काले जहाँ पढेपनी एउटै कोर्स हुने हुँदा मन लगाएर पढियो भने राम्रो अंक सहित पास गर्न सकिने बताईन साथै मनहरी बहुमुखी क्याम्पसको नतिजा उत्कृष्टनै रहेको भन्दै आफ्नै घरमा बसेर पढ्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिईन् ।

बिबिएस र बिए संकाय तर्फ अध्यापन हुँदै आईरहेको क्याम्पसमा नयाँ शैक्षिक शत्र २०८२ को लागि क्याम्पसमा बिबिएस प्रथम बर्षमा १० जनाको भर्ना भईसकेको क्याम्पस प्रमुख गोबिन्द प्रसाद बर्तौलाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

बिबिएस चौथो बर्ष तर्फ हालसालै भएको रिजल्टमा ७७.७८ प्रतिशत बिधार्थी पास गराउन सफल भएकोछ । क्याम्पसले ३ जनालाई प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा सहित बिधार्थी पास गराउन सफल भएको हो । ९ जना बिधार्थी परिक्षामा सहभागी भएका मध्ये ७ जनालाई उत्कृष्ट नतिजा सहित पास गराउन सफल भएकोछ ।

1 Comment

Comments are closed.

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.