वंशगोपाल सहकारीको तीज विशेष कार्यक्रम

वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१८ हर्नामाडीले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आउँदै गरेको महिलाहरुको हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै सहकारीले शुभकामनासहितको कार्यक्रम गरेको हो ।
शुभकामना मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाले तीजलाई सभ्य तरिकाबाट मनाउन आग्रह गर्नुभयो । धर्म अनुसार संस्कार संस्कृति फरक–फरक हुने भन्दै थपलियाले तिनको जर्गेना गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो । आफु स्वास्थ्यकर्मी भएको नाताले पनि तीजको दर खाँदा सावधानी अपनाउन समेत सहभागी महिलाहरुलाई उहाँले आग्रह गर्नुभयो ।

ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडाले महिला दिदीबहिनीलाई एकताको सुत्रमा बाँध्ने पर्वको रुपमा तीजलाई लिईने गरेको उल्लेख गर्नुभयो ।
यसैगरी, हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले धार्मिक र सांस्कृतिक रुपमा तीज पर्वको महत्व धेरै रहेको बताउनुभयो । उहाँले यस पर्वलाई सामाजिक, आर्थिक एवं नैतिक सबै हिसाबबाट मनाउन जरुरी रहेको भनाई राख्नुभयो ।
सहकारीका ऋण उपसमिति सदस्य  दुर्गा कुमारी खतिवडाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रेखा खतिवडा, ठूलोदमार टोल विकास संस्थाका अध्यक्ष कुमार महत, सहकारीका कोषाध्यक्ष इमान बहादुर थापा, सहकारीका महिला उपसमिति संयोजक रिता दुरैलीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल, रामधुनी टोल विकास संस्थाका अध्यक्ष रमेश सिलवाल, ठूलोदमार प्रहरी चौकीका प्रतिनिधि, सहकारीका कार्यसमिति सदस्यहरु, लेखा समिति संयोजक कपिल प्रसाद पराजुली लगायत महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाको अध्यक्षतामा सम्पन्न  भएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.