मध्यवर्ती खारेजीको माग गर्दै मनहरीमा दुधे बालक च्यापेरै हस्ताक्षर कार्यक्रममा देखिए एक महिला

लामो समयदेखि लालपुर्जाको माग गर्दै आन्दोलनमा रहेको भुमिहिन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिती मनहरीद्वारा मध्यवर्ती खारेजीको माग सङ्गै गरिएको हस्ताक्षर कार्यक्रम शुरु भएकोछ ।

साउन २५ गते आईतबार मनहरी बजारमा आयोजित हस्ताक्षर कार्यक्रममा दुधे बालक च्यापेरै एकेबद्द्ता स्वरुप हस्ताक्षर गर्न आईपुगेको हो । सांढे ३ बर्षका दुधे बालक काखमा च्यापेरै लालपुर्जा प्राप्तिको लागि बाधक बनेको मध्यवर्ती खारेजीको माग गर्दै हस्ताक्षर गरेकाहुन । मनहरी ७ रमनटारमा अव्यवस्थित क्षेत्रमा बसोबास गर्दै आईरहेका लक्ष्मी सुनार हरेक चुनावमा पार्टी र दलका नेताहरुले अव्यवस्थित क्षेत्रमा रहेका मतदाताको मत खादै सत्तामा पुग्ने गरेको तर सत्तामा पुगेपछी बेवास्ता गर्दै आईरहेको समेत उनले आक्रोश पोखेका थिए ।


मध्यवर्ती क्षेत्र भित्र आफुहरु बसेको स्थान पर्ने गरेको र पटक पटक जग्गा नाप्ने क्रममा मध्यवर्तीले रोक लगाएपछी मध्यवर्ती नै खारेजीको माग गर्दै दवाब स्वरुप हस्ताक्षर अभियान शुरु गरिएको हो । आईतबार नै मध्यवर्ती खारेजीको लागि हस्ताक्षर र आगामी कार्यक्रमको स्वरुपको बारेमा पत्रकार सम्मेलन समेत गरिएको थियो । हस्ताक्षर कार्यक्रममा उपस्थित अधिकांशले मध्यवर्तीको खारेजी र लालपुर्जा पाउनुपर्ने भन्दै राज्यले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

मनहरीमा भुमिहिन अव्यवस्थित बसोबास र सुकुम्बासी गरि ८४५३ घरधुरी रहदै आईरहेकोछ । हस्ताक्षर कार्यक्रममा सत्तासिन दल नेकपा एमालेका जिल्ला कमिटी सल्लाहकार बिरेन्द्र डि. सि.ले छिट्टैनै संघिय सम्सदबाट ऐन सम्सोधनको लागि सरकारले तयारी गर्दै गरेको भन्दै छिट्टै यसको समाधान हुने बिश्वास दिलाए ।यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका नेता डम्बर बहादुर मुक्तानले धेरै पटक आस्वासन दिईसक्यो अब भोट माग्न आउँदा दात झर्न सक्ने चेतावनी दिए । अहिलेको सरकारबाट ऐन संसोधन गरि विधेक ल्याउन आनाकानी गरिरहेको बताए । यस्तै चुनावमा जिताएर पठाएकाहरुले लालपुर्जाको नाउँमा उल्टै दमनकारी ऐन नियमको पृष्ठपोषण गरिएको बताए ।

भुमिहिन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितीका सम्योजक क्षेत्र बहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानलाई सहजरुपले सन्चालन गर्न स्वतस्फूर्त सहयोग पनि सन्चालन गरिएको थियो । संयोजक मुक्तानले यदि लालपुर्जा नपाउने हो भने जस्तोसुकै खालको आन्दोलन गर्न पछि नहट्ने बताए । आजै मात्र हेटौंडा पदमपोखरीमा पनि मध्यवर्ती खारेजीको लागि हस्ताक्षर अभियान शुरु गरिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.