क्षणिकको सफलतामा हामी नेपालीले दु:ख पाईरहेकाछौ : अध्यक्ष कालाखेती

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले क्षणिक सफलताको पछाडी लाग्दा हामी नेपालीहरुले दु:ख पाईरहेको बताउनुभएकोछ । शुक्रबार मनहरी बहुमुखी क्याम्पस मनहरी ८ सिम्पानीद्वारा आयोजना गरिएको ७ दिने निशुल्क फोटोग्राफी ट्रेनिङ एण्ड वर्क्सपको उद्घाटनमा अध्यक्ष कालाखेतीले यस्तो बताउनुभएको हो । अध्यक्ष कालाखेतीले एक हप्ता सम्म सन्चालन हुने निशुल्क तालिमको उद्घाटन ब्यानरको फोटो सुट गर्दै बिधिवत रुपमा उद्घघाटन गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष कालाखेतीले नेपाली युवाहरु १२ कक्षा पास गरे लगत्तै उच्च शिक्षा भन्दै बिदेश पलाएन हुने र बिदेश पुगेपछी कमाईमा लाग्ने र पछि पैसा त जसो तसो कमाईन्छ तर आवश्यक ज्ञान र सिपको सर्टिफिकेट नहुँदा धेरैले दु:ख भोग्नु परेको अवस्था रहेको बताउदै आजको युग भनेको प्रबिधीको भएको र मनहरी बहुमुखी क्याम्पसले युवा बिद्यार्थीहरुलाई प्रबिधी मैत्री बनाउन जुन प्रयास गरेकोछ त्यसको सफलताको कामना समेत गर्दछु भन्नुभयो ।

पश्चिम् मकवानपुरकै एक मात्र उच्च शिक्षालय मनहरी बहुमुखी क्याम्पस रहेकोले यसको संरक्षण गर्न हामी सबै सचेत समुदायको जिम्मेवारी रहने भन्दै खुल्ला हृदयले क्याम्पसमा सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

कक्षा १२ पास भएका बिधार्थी र कक्षा ११/१२ मा अध्ययनरत बिधार्थीहरुलाई लक्षित गर्दै शुरु गरिएको तालिममा ४७ जना बिधार्थीहरुको सहभागिता रहेकोछ । ७ दिन सम्म सन्चालन हुने निशुल्क तालिमको यहि साउन २९ गते सम्पन्न हुनेछ ।

बिबिएस र बिए सन्कायमा अध्यापन गराउदै आईरहेको क्याम्पसले उत्कृष्ट नतिजाका साथ उत्कृष्ट शैक्षिक गन्तव्यको केन्द्रको रुपमा आफुलाई उभ्याउन सफल यस क्याम्पसले विभिन्न समयमा बिधार्थीहरुलाई अध्ययन सङसङै क्षमता अभिबृद्दि सङै सीप एबम निशुल्क तालिमहरु प्रदान गर्दै आईरहेकोछ ।

मनहरी बहुमुखी क्याम्पस संचालक समितीका अध्यक्ष ओम बहादुर ग्लानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख गोबिन्द बर्तौलाले स्वागत मन्तब्यका साथै कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो । यस्तै कार्यक्रममा मनहरी गाउँपालिका ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती , क्याम्पस संचालक समितीका तर्फबाट प्रकाश बर्तौलाले स्वागत मन्तब्य राख्नुभएको थियो । क्याम्पस संचालक समितीका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधीहरु लगाएतकाको आतिथ्यता रहेको कार्यक्रमको सहजिकरण मनहरी बहुमुखी क्याम्पस स्वबियु सभापती कुमार घिसिङले गर्नुभएको थियो।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.