गार्मेन्ट उत्पादनमा मनहरीका महिलाहरु ; पालिकाले सक्दो सहयोग गर्छ उपाध्यक्ष पुलामी

मनहरीका १० जना महिलाहरुले गार्मेन्ट उत्पादनको तालिम सम्पन्न गरेकोछ । २०८२ असार २ गते देखि साउन ३ गतेसम्म एक महिना सम्म सन्चालित तालिमको सोमबार समापन गरिएको हो ।

मनहरी ७ निर्मलबस्ती स्थित अनुग्रह सिलाई कटाई प्रशिक्षण केन्द्रमा सम्पन्न तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मनहरी गाउँपालिका उपाध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथी सीता पुलामी मगर ( रेखा) ले सिलाई कटाई तालिमबाट शुरु भएको यात्रा गार्मेन्ट तालिमसम्म आईपुग्नु महत्वपूर्ण उपलब्धी भएको भन्दै पालिकाले केही गर्छु भन्ने हातहरुलाई निर्धक्क भएर सहयोग गरिने बताउनुभयो ।

महिला शशक्तिकरणको लागि गार्मेन्ट एउटा दरिलो आधार बन्ने भन्दै अब गार्मेन्टमै भबिष्य खोज्न समेत आग्रह गर्नुभयो । पालिकाले केही गर्छौ भन्ने हातहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । दत्तचित्त भएर काममा लागे सफलता अवश्य मिल्ने भन्दै गार्मेन्ट मनहरीको सान बन्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय मण्डली संगतिको आयोजना तथा अनुग्रह सिलाई प्रशिक्षण केन्द्रको समन्वयमा संचालित तालिममा मनहरी गाउँपालिकाका ७,८,९ नम्बरका महिलाहरुले सहभागिता जनाएका थिए । तालिमकै क्रममा ३५० थान ट्र्याक सुट, स्कुल ड्रेस र हाउस ड्रेस समेत तयारी गराउन सफल भएकाछन् ।

पहिलो चरणमा भवन निर्माण र दोश्रो चरणमा १ महिने तालिम संचालन गरिएको तालिम एन.सि.एफ. नेपाल परियोजनाका संयोजक रुद्रदेब बिकले बताउनुभयो । पालिकाले भवन निर्माण तथा तालिम संचालनको लागि निक्कैनै राम्रो सहजिकरण तथा सहयोग समेत गरिएको प्रती सस्था आभारी भएको समेत परियोजना संयोजक बिकले बताउनुभयो ।

गार्मेन्ट सन्चालनको लागि अझै पृन्ट मेसिन लगाएत केही मेसिनहरु अभाव रहेकोले पुर्णरुपमा सन्चालनमा ल्याउन समस्या रहेको प्रशिक्षक लक्ष्मी प्रजाले पालिका सरकारलाई ध्यानाकर्षण समेत गराउनुभएको थियो ।
सम्भावना प्रबल रहेको तर सिपको सदुपयोग गरि आर्थिकोपार्जनमा लाग्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

समापन कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । पालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य बिमला सुनार प्रशिक्षक लक्ष्मी प्रजा लगाएत अन्यको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभाध्यक्षता परियोजना संयोजक रुद्रदेब बिकको रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.