रुखमा झुन्डिएको आईमेट-५४ ले तीन दिन देखि राक्सिराङ्ग ८ आक्रान्त

उमेश राई,२०८२ असार १४ शनिबार – राक्सिराङ्ग ८ पाङ्थली रातो डाँडामा सालको रुखमा झुण्डिएर बसेको अवस्थामा आईमेट-५४ फेला परेकोछ । उक्त डिभाईसले स्थानिय तीन दिन देखि त्रसित अवस्थामा बस्न बाध्य भएका थिए ।

स्थानियहरुले घर नजिकै जङ्गलमा झट्ट हेर्दा रिमोर्ट कपडाले बेरिएको जस्तो देखिने बस्तु फेला पारेपछी स्थानिय प्रदीप स्याङ्तान सहितको युवाहरुको टिमले उक्त स्थानमा शुक्रबार दिउँसो आलोकन गरेकाथिए ।

रुखमा झुन्डिएको अवस्थामा फेला परेको अजिवको बस्तुले आक्रान्त राक्सिराङ्ग ८ पाङ्थलीका स्थानियहरुले बेवारिसे अवस्थामा रहेको अजिवको बस्तु के होला भनी निक्कै चाख लगाएर हेरेका थिए । झट्ट हेर्दा रिमोट जस्तो देखिने डोरि र कपडाहरुले बेरिएको अवस्थामा रहेको आईमेट (imet-54) लाई कसैले चङ्गा भने त कसैले रिमोट । बस्ती छेवैमा रहेको जङ्गलमा उक्त डिभाईस कसरी आयो भन्ने कुरा अझै खुल्न सकेकोछैन ।

– के हो आईमेट -५४ ( imet-54)
आईमेट -५४ (imet-54) एउटा मौसम बेलुनको उपकरण हो जस्ले वायुमण्डलीय डाटा मापन गर्दछ । जस्मा तापक्रम मापन , आद्रता,पवनको गति र दिशा समावेश रहेको हुन्छ । बिशेषगरी वायुमण्डलीय अनुसन्धानको लागि प्रयोग गरिने आईमेट -५४ ले मापन गरेको डाटा प्रसारण गर्छ र मौसम सम्बन्धी पुर्वानुमान गर्ने गर्दछ ।

जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको आईमेट -५४ स्थानिय समुदायलेनै सुरक्षितका साथ घरमा ल्याएर राखिएको स्थानिय युवा प्रदीप स्याङ्तानले जानकारी दिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.