पालिकाले किसानबाट उत्पादित दूध भुक्तानी ग्यारेन्टी गरेपछी आठ महिनामै १ लाख ३१ हजार लिटर बढ्यो

किसानले उत्पादन गरेको दुधको बजार सुनिस्चित गरे सङ्गै दुध उत्पादनमा छलाङ मारेकोछ । मनहरी गाउँपालिकाले किसानहरुबाट उत्पादित दुधको बजार आफ्नै पहलमा ग्यारेन्टी गरेपछी किसानहरुले ८ महिनामै एक लाख ३१ हजार ६ सय २१ लिटर भन्दा बढी थप दूध उत्पादन गरेको हो ।

किसानले दुधको भुक्तानी समयमै नपाउने र दूध संकलन केन्द्रलाई आर्थिक रुपमा धेरैनै समस्या बढेपछी गाउँपालिकाले २०८१ कात्तिक महिना देखि हेटौंडा डेरि ईण्डष्ट्रिजसंग सम्झौता गरिएको थियो ।

शुरुवातीमा मासिक २ लाख ६ हजार ६ सय ४० लिटरबाट शुरु गरिएको थियो । आठ महिनाको अन्तरालमा दुधको मूल्य नियमित रुपमा प्राप्त हुन थाले पछि किसानले दूध उत्पादनलाई प्राथमिकता दिईदै आईरहेको मनहरीका किसानहरुले २०८२ जेष्ठ मसान्तसम्म एक लाख ३१ हजार लिटर भन्दा बढी दूध उत्पादन गरि बिक्री गर्दै आईरहेकोछ ।

फ्याट घ्युको मात्रा र एसएनएफ गुलियो पनाको आधारमा दुधको मूल्य निर्धारण हुने भएकोले पालिका भित्रको सबै सन्कलन केन्द्रको दुधको मूल्य एकै नास नरहेको पालिका श्रोतले जनाएकोछ । पालिका भित्र जम्मा ६ स्थानमा दूध सन्कलन गर्दै आईरहेकोछ । जस मध्ये क्षितिज दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मनहरी १ ले सबै भन्दा राम्रो मूल्य प्राप्त गर्ने गरेकोछ जेष्ठ मसान्त सम्मको तथ्यांकलाई हेर्ने हो भने सरदर ७३.६१ रुपैयाँ प्रती लिटर प्राप्त गर्ने गरेकोछ । जेष्ठ मसान्तसम्मको आकडालाई हेर्दा अधिकतम ७३.६१ रुपैयाँ प्रती लिटर देखि न्युनतम ६६.३७ रुपैयाँ प्रती लिटरका दरले संकलन केन्द्रले रकम प्राप्त गर्ने देखिन्छ ।

१५/१५ दिनमै भुक्तानी प्रदान गर्ने भनी सम्झौता गरिएता पनि पालिकाले आन्तरिक श्रोतबाट भरपाई हुनेगरी मासिक रुपमा किसानलाई दुधको मूल्य सम्बन्धित दुध संकलन केन्द्र मार्फत बितरण गर्दै आईरहेकोछ ।

पालिकाले दूध भुक्तानिको ग्यारेन्टी लिए पश्चात् दूध किसानहरुमा थप हौसला बढेको पालिका भित्रकै सबै भन्दा बढी दूध संकलन केन्द्र साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रमुख ब्यबस्थापक ज्योती सुबेदिले बताउनुभयो । मनहरी ८ बाट मात्रै जेष्ठ महिनामा १,४०,६२१ लिटरबाट रु १,०१,९१,८६९.८९३/- (एक करोड एक लाख एकानब्बे हजार आठ सय उनान्सत्तरी दशमलव उनान्नब्बे पैसा ) प्राप्त गरेको छ ।

राज्यले तोकिएको दुधको मूल्य प्राप्त भएको र समयमै भुक्तानी प्राप्त र भुक्तानीको ग्यारेन्टीले धेरै नै सहयोग मिलिरहेको भन्दै किसानहरुलाई नाम्ले, जुकाको औषधिसमेत बितरण गर्नुपर्ने आवश्यकता रहेको साना किसान कृषि सहकारी सस्था लिमिटेड मनहरी ८ का प्रमुख प्रबन्ध सुबेदिले बताउनुभयो । यसको साथ साथै किसानहरुले गुणस्तरीय दूध ल्याउन नसकिरहेको अवस्थामा किसानहरुलाई तालिमहरु दिनु पर्ने त्यसमा पालिका सरकारले ध्यान दिए अझै दुधको परिमाणमा वृद्धि हुने उनले बताए ।

पालिका सरकारको उत्कृष्ट काम मध्ये यस कार्यमा जनतालाई अझै छिटो छरितो र ब्यबस्थित रुपमा अगाडि बढाउन सम्झौता बमोजिमको रकम १५/१५ दिनमा भुक्तानिको सुनिस्चितताको लागि आर्थिक बर्ष २०८२/०८३ को बजेटमै बिशेष कोषको स्थापना गरि रकमको ब्यबस्था गरिएको बजेट बक्तब्यमा उल्लेख गरिएकोछ ।

किसान खुशी भए हामी सबै खुशी हुने र किसान बाँचे हामी बाँच्ने भन्दै किसानको हक हितकै लागि मनहरी गाउँपालिका सरकार लागि परिरहेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो । साथै समृद्ध मनहरीको परिकल्पना किसानको समृद्धि बिना सम्भव नरहेको समेत बताउनुभयो ।

पालिकाका दुग्ध किसानहरुले जेष्ठ महिनामा मात्रै २ करोड ४१ लाख ४ हजार ९ सय तेह्र दशमलव १२ पैसा रुपैयाँ आम्दानी गर्न सफल भएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.