युनाईटेड बोर्डिङ स्कुलका बिधार्थीद्वारा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत मेवा रोप्दै

मनहरी गाउँपालिका वडा नम्बर-८ मा अबस्थित युनाइटेड इङ्ग्लिस बाेर्डिङ स्कुलले पढ्दै- कमाउदै कार्यक्रम शुभारम्भ गरेकाे छ । गत वर्षहरुमा जस्तै यस वर्ष पनि विद्यालयले उक्त कार्यक्रम शुभारम्भ गरेकाे हाे । मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीको प्रमुख आतिथ्यतामा मेवाकाे बिरुवा राेपेर कार्यक्रम उद्घाटन गरिएकाे हाे ।

कार्यक्रममा बाेल्नुहुँदै वडा अध्यक्ष उप्रेतीले विद्यार्थीलाई राेजगारसंग जाेडेर शिक्षण गराउन शुरु गरेकाे भन्दै खुशी व्यक्त गर्नुभयो । साथै यस विद्यालयले गरेकाे काम पश्चिम मकवानपुरमै एक उदाहरणीय कार्य भएकाे समेत उल्लेख गर्नुभयाे ।
पढ्दै- कमाउदै कार्यक्रमका संयाेजक मातृका ढुङ्गानाले कार्यक्रमबारे प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रममा साना किसान सहकारी संस्थाका अध्यक्ष बिमला कार्कि र प्रबन्धक ज्याेती सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे । शुभकामना दिनुहुँदै सहकारीका अध्यक्ष कार्कीले यस कार्यक्रमलाई संस्थाले प्राबिधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पढ्दै कमाउदै कार्यक्रमले विद्यार्थीहरुलाई कृषि पेशाप्रतिकाे माेह, श्रमकाे सम्मान लगायतका विषयमा ज्ञान बाढ्ने उद्देश्य सहित सञ्चालन गरिएकाे बाेर्डिङका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत ५० जना विद्यार्थीले ३ वटाका दरले मेवाकाे बिरुवा राेपेका हुन् । उक्त मेवाले एक वर्षबाट फल दिन थाल्ने र लगातार ३ वर्षसम्म फल दिने उहाँले बताउनुभयो । उत्पादित मेवा विद्यार्थी स्वयमकाे स्वामित्वमा रहने हुँदा त्यसबाट हुने आम्दानी पनि विद्यार्थीले नै लिने उप्रेतीले बताउनुभयो । उत्पादित मेवाकाे बिक्रीकाे जिम्मा पनि विद्यालयले लिने छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष रामचन्द्र उप्रेती, पढ्दै-कमाउदै कार्यक्रमका संयाेजक मातृका ढुङ्गाना, साना किसान सहकारी संस्थाका अध्यक्ष बिमला कार्की, प्रबन्धक ज्याेती सुवेदी, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष पशुपति बर्ताैला, प्रिन्सिपल विष्णुहरी सुवेदी, कक्षा ४-७ का संयाेजक रचना गाेपाली, कक्षा ४ र ५ का विद्यार्थी लगायतकाकाे उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन साेही विद्यालयका शिक्षक शुक्र अतितले गर्नुभएकाे थियाे ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.