गलैंचा बुनाई तालिम मार्फत गृहिणीहरुलाई शशक्तिकरण गराउदै मनहरी २ वडा सरकार

स्थानिय स्तरमै रोजगार सृजना गराउने र आफूसङ्ग भएको सिपलाई सर्टिफाई गराउनका साथै भाबी दिनमा सरकारबाट प्रवाह हुने कार्यक्रमको लागि समेत सक्षम हुने गरि मनहरी २ का गृहिणी महिलाहरुलाई गलैंचा बनाउने तालिमको समापन भएकोछ ।

बागमती प्रदेश सरकारका तत्कालिन सामाजिक बिकास मन्त्री माननिय कुमारी मुक्तानको पहल तथा वडा अध्यक्ष राजकुमार पाख्रिनको सक्रियतामा वडा भित्रका २५ जना महिलाहरुलाई गलैंचा बनाउने तालिम प्रदान गरिएको हो । २ नम्बर वडा कार्यालयमा २० दिन सम्म सन्चालन गरिएको तालिमको आज बिधिवत रुपमा समापन भएको घँषणा गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा )ले तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तर गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष पुलामीले आफूसङ्ग भएको सिपको प्रमाणिकरण गरि राख्दा आफैलाई फाईदा हुने भन्दै पालिका सरकारले आगामी दिनमा तालिमको लागि मात्रै तालिम नभईकन साच्चिकै लगाशिलता भएकाहरुको लागि लगानी गर्ने बताउनुभयो । २० दिनको समयमा के सिक्यो भन्ने कुरालाई जिवनमा लागू गर्न सके पक्कै पनि हामिलाई घरमै बसि बसि मनग्ये पैसा कमाउन सकिने बताउनुभयो ।

यस्तै गरि वडा अध्यक्ष राजकुमार पाख्रिनले अब मनहरी २ को गृहिणी महिलाहरु हातमा सीप बोकेर खाली बस्नु नहुने बताउनुभयो । सीपलाई हामिले सर्टिफाई गर्ने काम भएकोछ । अब महिनामा ३५/४० हजार कमाउन कतै जान नपर्ने भन्दै तर लगनशीलता देखिनुपर्यो भन्दै नयाँ बन्दै गरेको बजेटमा गृहिणी महिलाहरुलाई अझै शशक्तिकरण गर्दै लैजानुको लागि थप कार्यक्रम ल्याउने घोषणा समेत गर्नुभयो ।

लामो समय देखि काठमाण्डौमा सीप सिकि गाउँ फिर्ती भएर गाउँमै गलैंचा बुन्दै गरेकाहरुलाई भोलिको दिनमा सरकारी कार्यक्रममा जोडेर लैजानको लागि भए पनि यो कार्यक्रम राखिएको वडा अध्यक्ष पाख्रिनले थप्नुभयो । यस्तै प्रदेश सरकारको कार्यक्रममा तालिम सन्चालनको लागि आर्थिक अपुगको अवस्थालाई पालिका उपाध्यक्ष कोषबाट तत्कालै सुनुवाई गर्दै कार्यक्रम सम्पन्नको लागि सहयोग गरिदिनुभएको प्रती पालिका उपाध्यक्ष मगरलाई धन्यवाद समेत दिनुभयो ।

प्रदेश सरकारको तर्फबाट २ लाख र उपाध्यक्ष कोषबाट ५० हजार रुपैयाँ गरि जम्मा २ लाख ५० हजारमा तालिम सन्चालन गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य सुकराम मुक्तानले स्वागत मन्तब्य राखेको थियो ।यस्तै टोल बिकास समितिको तर्फबाट कुशल गुरुङले मन्तब्य ब्यक्त गरेका थिए ।

गलैंचाको माग राष्ट्रिय देखि अन्तराष्ट्रिय बजारमा राम्रो माग हुँदै आईरहेकोछ । पुर्णरुपमा तयारी हुँदा एक जोर गलैंचाको सामान्य मूल्य १ लाख ५० हजार देखि माथी हुने गरेको तालिमको मुख्य प्रशिक्षक तिलक गोलेले बताउनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.