साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरी ८ सिम्पानीको २७ औं वार्षिकोत्सबको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कुनै बेला आफू पनि कसैको रगतबाट बाचेको भन्दै आफुले पनि आरुलाई बचाउनको लागि रक्तदान गर्ने गरेको बताउनुभयो । संस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रममा रक्तदान जस्तो महान पुन्यको कार्य आयोजना गरि राम्रो सन्देश दिएको भन्दै गाउँपालिका अध्यक्ष कालाखेतीले सहकारीलाई धन्यवाद दिनुभयो ।

रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेका थिए । पालिका अध्यक्ष कालाखेतिले आफैले रगतदान गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी मकवानपुरको प्राबिधिक सहयोगमा आयोजक साना किसान कृषि सहकारी संस्था लिमिटेडले रक्तदाताहरुलाई फलफुल तथा प्रमाणपत्र समेत बितरण गरिएको थियो । संस्थाका अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष रन्जन कालाखेती ,८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती , वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष नवराज सुवेदी , विभिन्न पार्टीका प्रतिनिधी, सन्चारकर्मी लगाएतकाको आतिथ्यतारहेको थियो ।
जेष्ठ २५ गते नै सम्पन्न ग्रामीण किसानहरुमा साना किसान कृषि सहकारीको भुमिका विषयक बक्तृत्वकला कार्यक्रममा राष्ट्रिय माध्यमिक बिधालय सुनाचुरीका छात्रा सुस्मा प्रजा प्रथम हुन सफल भएकोछ । यस्तै गरि मनहरी ८ सिम्पानी मा अवस्थित महेन्द्र किरण माध्यामिक बिध्यालयका छात्रा यज्ञ कुमारी सुनार समान अंक सहित प्रथम हुन सफल भए । यस्तै गरि मनहरी ५ नम्बरमा अवस्थित भोज सिद्ध मा.बि. का छात्रा रोजिना अर्याल दोश्रो र मनहरी ७ मा अवस्थित राष्ट्रिय रोटरी माध्यामिक बिधालयका छात्रा सदिच्छा बर्तौला तेश्रो हुन सफल भए । प्रतियोगिताका प्रथम, दोश्रो र तेश्रोहुनेहरुले क्रमश: नगद रु. ३,०००,२,५०० र २,००० रुपैयाँ प्राप्त गरे यसै गरि सहभागी अन्य बिद्यार्थीहरुलाई पनि एक हजार रुपैयाँ यातायात खर्च प्रदान गरिएको प्रमुख प्रबन्धक ज्योती सुबेदिले जानकारी दिनुभयो ।
२७ औं वार्षिकोत्सवको अवसरमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्मान,पुरस्कृत एबम कृषि औजार सामाग्री बितरण कार्यक्रम रहेको संस्थाकी अध्यक्ष बिमला कार्कीले जानकारी दिनुभयो ।