प्लास्टिकजन्य प्रदुषण न्यूनीकरण ; हाम्रो दायित्व भन्ने मुल नाराका साथ यस बर्षको विश्व वातावरण दिवस २०८२ मनाईएकोछ ।

डिभिजन बन कार्यालयको नेतृत्वमा आज बिहान मनहरी बजार क्षेत्रमा रहेका प्लाष्टिकजन्य फोहोरहरु टिपेर ब्यबस्थापन गरिएको थियो ।

विश्व भरिमा हरेक बर्ष ४०० बिलियन टन प्लास्टिक उत्पादन हुने गरेको पाईन्छ । जस मध्ये ५० प्रतिशत एक पटक प्रयोग बनाईएको हुन्छ । जस्को कारण विश्व नै प्लास्टिकजन्य प्रदुषणले आक्रान्त भएको अवस्था छ । यस बर्ष “Beat Plastic Pollution” भन्ने मुल नाराका साथ मनहरीमा पनि सरसफाईको कार्यक्रम गरिएको हो ।
१९७२ जुन १६ देखि हरेक बर्ष विश्व वातावरण दिवस मनाईदै आईरहेकोछ । मनहरीमा सम्पन्न सरसफाई कार्यक्रममा,राप्ती डिभिजन बन कार्यालय , सब डिभिजन बन कार्यालय मनहरी , जनप्रतिनिधि , नेपाल आर्मी , नेपाल प्रहरी,शसस्त्र प्रहरी,उद्योग बाणिज्य संघ पश्चिम् क्षेत्र समिती , सामुदायिक बन उपभोक्ता समूह , टोल बिकास समिती , बिद्यार्थी लगाएत अन्य संघसस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

राप्ती डिभिजन बन मनहरीका डिभिजनल बन अधिकृत हेम बहादुर थापाले सरसफाई पछि राप्ती डिभिजन बन कार्यालय अगाडीको कोण सभालाई सम्बोधन गर्दै सरसफाईमा सहभागीहुने सम्पुर्ण टिमलाई धन्यवाद दिदै प्लाष्टिकजन्य प्रदुषण घरबाटै कमि गर्दै लैजानु पर्ने बताउनुभयो ।