अखिल क्रान्तिकारीद्वारा आयोजित पालिका स्तरिय वक्तित्वकलामा सुस्मा प्रजा बनिन् बिजेता

जेष्ठ २१ गते जातिय भेदभाव र छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अबसरमा अखिल( क्रान्तिकारी ) मनहरी गाउँपालिका समितिद्वारा आयोजित मनहरी गाउँपालिका माध्यामिक बिधालय स्तरीय वक्तित्वकला प्रतियोगितामा मनहरी ६ की श्री राष्ट्रिय माबी सुनाचुरीमा कक्षा १० मा अध्ययनरत छात्रा सुष्मा प्रजा प्रथम भएकी छिन् ।

मनहरी गाउँपालिकाको १४ मध्य ९ ओटा बिद्यालयहरुको प्रतिस्पर्धामा सुष्मा प्रथम भएको हो । यस्तै गरि मनहरी ८ सिम्पानीमा अवस्थित श्री महेन्द्र किरण माबि की यज्ञ कुमारी सुनार दोश्रो र युनिभर्सल लर्निङ एकेडेमी मनहरी ७ मा अध्ययनरत छात्रा रन्जिता मोक्तानले तेश्रो स्थान हासिल गर्न सफल भएकोछ ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेले पुरस्कार स्वरुप क्रमश नगत ३००० तीन हजार ,२००० दुई हजार र १००० एक हजार सहित मेडल फ्रेम सहित प्रमाण पत्र र अन्य ६ जन सहभागीहरुलाई प्रमाण- पत्र द्वारा सम्मान गरिएको छ ।

नेकपा ( माओवादी केन्द्र ) प्रदेश कमिटी सचिबालय सदस्य बिर बहादुर घलान ( ज्वाला ) को प्रमुख आथित्यता रहेको थियो । प्रमुख अतिथी ज्वालाले मान्छे ले मान्छेलाई जब सम्म समान व्यवहार गर्दैन तबसम्म समाज एक ढिक्का हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादीकेन्द्र मनहरी गाउँ कमिटी ईन्चार्ज रामहरी सुवेदी ,मनहरी गाउँ कमिटी उपाध्यक्ष हरि प्रसाद कालाखेती , अखिल ( क्रान्तिकारी ) केन्द्रिय सदस्य राजेन्द्र कुमार मुक्तान , अखिल ( क्रान्तिकारी ) जिल्ला अध्यक्ष बुद्ध राज अर्याल , जिल्ला उपाध्यक्ष दिपक वाईबा ,जिल्ला सचिब छोईसाङ लामा, जिल्ला कोषाध्यक्ष अनिल बसेल विद्यार्थी नेता मिनेश पुडासैनीको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको निर्णायकहरु पुर्ब शिक्षक खुसिलाल मोक्तान , शिक्षक प्रल्हाद दर्जी र विद्यार्थी नेता दिपक वाइबा लगाएतको टिमले मुल्यांकन गरिएको थियो।

मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यामिक बिधालयमा भएको कार्यक्रममा स्वागत मन्तव्य अखिल ( क्रान्तिकारी ) मनहरी उपाध्यक्ष रन्जन परियार ले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रम अखिल (क्रान्तिकारी) मनहरी गाउँ समिती अध्यक्ष प्रकाश मिजारको अध्यक्षता भएकोहो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.