उदयपुरकै पहाडी पालिका लिम्चुङबुङमा गाउँपालिकामा विदेशी पर्यटक पुगेको छ । सोमवार काठमाण्डौँ हुँदै लिम्चुम्वुङ पुगेका अमेरिकी विदेशी पर्यटकहरुलाई पालिकाले भव्य स्वागत गरेको छ । दश जनाको टोली रहेका उनिहरुलाई पालिकाले स्वागत तथा न्यानो मायाँ देखाएको छ ।
उनिहरुले लिम्चुङबुङ गाउँपालिकाको बारेमा उनिहरुले सामाजिक सन्जाल मार्फत थाहा पाएपछि त्यस ठाउँमा आउने निधो गरेका थिए । गाउँमा आईपुगेका बिदेशी पर्यटकले पालिका स्थित राई चोक र छाँगे झर्ना अबलोकनका साथै एकै ठाउँबाट ८ हजार भन्दा अग्ला हिम श्रीखंला हेर्न पाईने एभरेष्ट भ्यू टपमा पुगि प्राकृतिक सौन्दर्यको मजा लिनिको साथै भ्यू टपबाटै सन सेट र सन राईजिङको दृश्य सङ्गै रमेकाछन्।
गाउँमा आएका पर्यटकहरुलाई पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णशेर राईको समन्वय र सहजीकरणमा स्वागत गरिएको थियो । साथै रमणीय स्थानहरुमा घुमाउन पनि अधिकृत राईले नै सहजीकरण गरेका थिए ।
घुम्न आएका पर्यटकहरु त्यहाँका वातावरण र भुगोलसँग खुलेर रमाईलो मानेको पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो ।
साथै आर्गनिक खानपान र हावापानी मनपराएका उनिहरुको बसाई अझै २/३ दिनसम्म लम्बिन सक्ने पालिका अध्यक्ष राईको भनाई रहेकोछ । पछिल्लो समय लिम्चुङबुङमा पर्यटकीय गन्तव्यको लागि जताततै चर्चा हुन थालेपछि विदेशी पर्यटकहरु समेत आउन थालेको हो ।