मनहरीका बाल क्लबहरुलाई प्रदान गरिने ५ दिने क्षमता अभिवृद्धि तालिम आजबाट शुरु

मनहरी गाउँपालिका भित्र रहेका बाल क्लबहरुमा आवद्ध बालबालिकाहरुको क्षमता बिकास तालिम आजबाट शुरु भएकोछ । मनहरी गाउँपालिकाको लामिटार स्थित सभाहलमा आज अर्थात जेष्ठ १६ गते देखि २० गतेसम्म ५ दिन सम्मको लागि तालिम सन्चालन भएको हो ।

गाउँपालिकाका ९ वटै वडाका बाल क्लबमा आवद्ध ३५ जना सदस्यहरुलाई तालिममा सहभागी गराईएकोछ । मनहरी गाउँपालिकाको आयोजना तथा उत्कृष्ट मिडिया प्रा . लि . मनहरी ७ को समन्वयमा कार्यक्रम सन्चालन भएको हो ।

कार्यक्रमको पहिलो दिन माईन्युट लेखन सम्बन्धी कक्षा तथा अगाडी आएर प्रस्तुतीकरण गराईएको थियो । त्यसको साथ साथै सहभागीहरुबाट प्राप्त सुझाव एबम अपेक्षा सन्कलन गर्ने कार्य गरिएको थियो । तालिममा सहभागी बालबालिकाहरुलाई सैद्धान्तिक पक्ष सङ्गै अभ्यासमा जोड दिन र सोही अनुसार तालिम प्रशिक्षकलाई सहजिकरण गरिदिन मनहरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी आग्रह गर्नुभयो । तालिमको समन्वयको भुमिकामा रहेको उत्कृष्ट मिडिया प्रा.लि.का अध्यक्ष उमेश राईले बाल क्लबमा आवद्ध बालबालिकाहरुलाई ५ दिनको बसाईमा अधिकतम भन्दा अधिकतम अभ्यास कार्यमा सहभागी गराईने र उनिहरुलाई बोल्ने कलाको बिकासका साथै त्यसका प्राबिधिक पक्षहरुमा सवलिकरण गराईने बताए ।पहिलो दिनको तालिममा अशोक सुजन श्रेष्ठले सहजीकरण गर्निभएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.