घरसङ्गै जोडिएको गोठमा एक्कासी आगालागी हुँदा एक हल गोरु सहित सात वटा बाख्रा जलेर नष्ट

मनहरी गाउँपालिकामा एक्कासी गोठमा आगालागी हुँदा एक हल गोरु सहित सात वटा बाख्रा जलेर नष्ट भएकोछ ।

मनहरी २ नम्बर वडाको टाँडी स्याङ्बो टोलको बर्ष ५८ का सुरेन्द्र राईको गोठमा एक्कासी आगालागी हुँदा गोठ पुर्ण रुपमा नष्ट भएकोछ । बुधबार दिउँसो ४:३० बजेको समयमा घरमा कोहि नभएको अवस्थामा लाईन सर्ट भई आगालागी भएको हो कि भन्ने अनुमान गरिएकोछ ।

गोठसङ्गै भान्सा घर समेत सोही जलेको गोठमा रहेको र एक्कासी आगालागी हुँदा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएको र त्यस पछि आगो झन ठूलो भएको र सङ्गै रहेको घरमा समेत आगो लाग्न थाले पछि स्थानियले घरको आगो निभाउन सफल भएको वडा सदस्य शुकराम तामाङले जानकारी दिनुभयो

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.