राक्सिराङ्ग गाउँपालिका भित्र रहेका बिधालय प्रधानाध्यापकहरुको मिटिङ बिहिबार सम्पन्न भएकोछ । गाउँपालिकाको सभाहलमा सम्पन्न बैठकमा शैक्षिक सुधारका लागि बिधालयका प्रधानाध्यापकहरुले २८ बुदे कार्य सम्पादनमा पालिकासङ्ग सम्झौता गरेकोहो ।
पालिका भित्र रहेका ५२ वटै सामुदायिक बिधालयका प्रधानाध्यापकहरुको सहभागि रहेको बैठकमा कार्य सम्पादन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेकाहुन्।
बिधालय सुधारका लागि गरिएको प्रतिबद्धताहरुमा बिधालयको दुरदृष्टि सहितको पन्च बर्षे योजना निर्माण,बार्षिक कार्य योजना निर्माण,एक बिद्यार्थी कम्तिमा दुई पुस्तक, एक दिनमा कम्तिमा एक सिकाई सामाग्री हुनुपर्ने ,अभिभावकसङ प्रधानाध्यापक कार्यक्रम कार्यान्वयन,बिधालयका प्रत्येक शिक्षकसङ्ग कार्यसम्पादन सम्झौत,शिक्षकको हातमा पाठ्यक्रम र बिद्यार्थीको हातमा पाठ्यपुस्तक ,हाम्रो बिधालय राम्रो बिधालय बनाउन समुदाय र अभिभावक सङ्ग समन्वय गर्ने लगाएत अन्य बुदाहरुमा हस्ताक्षर भएको हो ।
बिधालयको तर्फबाट सम्बन्धित बिधालयका प्रधानाध्यापकले र गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतको रोहोबरमा शिक्षा शाखा प्रमुख पन्कस थारुले हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा मन्तब्य राख्नुहुदै उपाध्यक्ष बनस्तम थिङले समग्र खस्कदो शैक्षिक गुणस्तरलाई सुधार गर्नलाई बिधार्थी स्कुलमा पुग्ने वातावरण बनाउन सबै पक्ष जिम्मेवार ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै पालिका अध्यक्ष राजकुमार मल्लले आफुले काम गर्ने ठाउँलाई माया गरेर काममा लाग्नुपर्ने र आवश्यकता अनुसार शिक्षकहरु शैक्षिक क्रियाकलापमा लाग्न आवश्यक रहेको बताउनुभयो । शिक्षक आन्दोलन प्रती राक्सिराङ्ग गाउँपालिका समर्थन जनाउदै शिक्षकको जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्नेमा पालिका कटिबद्ध रहेर शिक्षकको पक्षमा उभिने समेत बताउनुभयो ।
प्रधानाध्यापकहरुको मिटिङमा रेडियो सेट बितरण गर्दै आपत बिपत परेको बेला कम्तिमा शैक्षिक सन्देश एबम पालिकाको गतिबिधी हरेक स्कुल र शिक्षक जानकार हुनुपर्ने भन्दै भरपर्दो र सहज रुपमा सुचनाको पहुचमा पुग्नको लागि रेडियो सेट बितरण गरिएको बताउनुभयो । साथै पालिकाको हरेक सुचना रेडियो मार्फत प्रसारण गरिने भएकोले सुचनाको हक स्थापनाको लागि पनि रेडियो बितरण गरिएको बताउनुभयो ।
