चोरी भएको ट्रक नेपाल प्रहरीद्वारा सवारी धनिलाई बुझाईयो

बुधबार मनहरीबाट एकाएक हराईएको ट्रक ईलाका प्रहरी कार्यालय मनहरीले सवारी धनिलाई हस्तान्तरण गरेकोछ । ना ६ ख ३६६१ नम्बरको ट्रक धनी चितवन जिल्ला आपटाँडी घर भएका सन्तोष देबकोटालाई जिम्मा लगाईएको हो ।

मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटारमा रोकि राखेको बार्‍ह चक्के ट्रक अज्ञात समुहले चोरी गर्ने प्रयास गरेकोछ । बुधबार बिहान ४:३७ बजेको समयमा मनहरी बजार क्रस गरि हेटौंडा तर्फ लागेको सिसि टिभी फुटेजले देखाएपछी खोजी कार्यलाई तिब्रता दिईएको थियो । रोकि राखेको अवस्थाबाट चोरी गरि घरबाट झण्डै १३ किलोमिटर पर मनहरी ९ नम्बरको रजैया क्षेत्रमा सडकको छेउमा रोकेर राखिएको अवस्थामा बेवारिसे अवस्थामा ईप्रका मनहरीको टोलिबाट फेला पारेको हो ।

पोखराबाट राती १ बजे तिर रड खाली गरि चालक सोम बहादुर थिङको घर आईपुगेको र गाडी पार्किङ गरि ब्याट्रीको टार समेत छुट्याईराखेको अवस्थामा चोरी भएको थियो। गाडिमा सहचालक समेत नरहेको अवस्थामा चोरले गाडी चोरी लैजाने क्रममा ३ वटा गाउँलाई जोड्ने उपाध्यक्षकोषबाट बनेको नवनिर्मित पुलको पोलहरुमा समेत पुर्ण क्षती पुर्‍याईएकोछ।

ट्रक रजैया आसपासमा पुग्दा हावा पाईप फुटेपछी ब्रेक लागि अगाडि नबढ्ने भए पछि त्यसै छोडी गएको थियो ।ईलाका प्रहरी कार्यालय मनहरीको टोलिले खोज तलास गर्दा उक्त हराईएको गाडी आजै बिहान मनहरी ९ रजैया आसपासमा फेला परेको थियो ।
पछिल्लो समय मनहरीमा चोरीको बिगबिगी निक्कै बढेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.