राक्सिराङ्गमा बोलेरो दुर्घटना ५ जनाको अवस्था गम्भीर

राक्सिराङ्ग गाउँपालिकामा ब्रेक फेल भई दुर्घटनामा परेकोछ । राक्सिराङ्ग ९ अठारेको भित्री सडक खण्डमा बा १५ च १३३३ न.को बलोरो ब्रेक फेल भई अनियन्त्रतित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना भएको कान्द्राङ्ग चौकी प्रमुख प्रहरी सहायक निरीक्षक भरत कुमार खड्काले जानकारी दिनुभयो ।

बुधबार बिहान राक्सिराङ्ग ९ खैराङ्गबाट मनहरी तर्फ छुटेको बोलेरो बिहान ७:३० बजेको समयमा दुर्घटना भएको र बोलेरो दुर्घटनाको खबर पाउनासाथ खड्काको नेतृत्वमा तत्काल उद्दारमा खटिएको थियो । उनका अनुसार बोलेरोको ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरुमा राक्सिराङ्ग ९ बस्ने अन्दाजी बर्ष १५/१६ को हिमाल बस्नेत , सोही ठाउँमा बस्ने बर्ष ३५ को बुद्दिमान ग्लान, अन्दाजी बर्ष ७५ को डिल ब.घलान, घलानको श्रीमती बर्ष अं.६५/७० को फुलमाया घलान , बर्ष ३८ को रुप बहादुर राउत,बर्ष ४८/५० को दिपक खड्का रहेकाछन्। घाईतेहरु सबैको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी श्रोतले जानकारी दिएकोछ ।

त्यस्तै गरि घाईते हुनेहरुमा सोही स्थानमा बस्ने अन्दाजी बर्ष ५०/५२ को सुर्य अधिकारी , बर्ष १४ को कुमार तामाङ, काकडा बस्ने बर्ष ४५ को किरण प्रजा र प्रजाको छोरि बर्ष १४ रेनुका प्रजा रहेकाछन्।उनिहरुको अवस्था केही मध्यम र सामान्य रहेकोछ ।

घाईतेहरुको उद्दार गरि उपचारको लागि मनहरी पठाईएको प्रहरी श्रोतले जानकारी दिएकोछ भने दुर्घटनामा परेको बोलेरो घटना स्थलमै रहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.