वाईन टु वाटर नेपालको राक्सिराङ्गमा ईन्ट्री,६ वटा वडामा योजना संचालन हुने

राक्सिराङ्ग गाउँपालिकामा खानेपानी तथा सरसफाई योजना सम्बन्धी काम गर्ने उद्देश्यले वाईन टु वाटर नेपाल (WWN)को प्रबेश भएकोछ।

सस्थाले राक्सिराङ्गमा खानेपानी तथा सरसफाई योजनाको सम्भाब्यता अध्ययन प्रतिबेदन कार्यक्रमलाई औपचारिकता दिईएकोछ । मंगलबार गाउँपालिकाको कार्यालय चैनपुरमा ३ बर्ष भित्र गरिने कार्यक्रमको लागि पालिका र संस्थाका प्रतिनिधि बिच सम्झौता सम्पन्न भएको हो । गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत त्यस्तै संस्थाका तर्फबाट राष्ट्रिय निर्देशक निरज श्रेष्ठ र कार्यक्रम प्रबन्धक यज्ञ राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रम २०८२ बैशाख देखि २०८५ असार मसान्तसम्म सन्चालन हुनेछ । पहिलो चरणमा राक्सिराङ्ग गाउँपालिकाको ६ वटा वडामा कार्यक्रम संचालन हुनेछ । संस्थाले गाउँपालिका सङ्गको साझेदारितामा कार्यक्रम सन्चालन गर्नेछ । योजना सन्चालनको क्रममा लाग्ने लागत मध्ये ६५ प्रतिशत संस्थाले बेहोर्नेछ । त्यस्तै गरि पालिकाले २५ प्रतिशत र १० प्रतिशत जनश्रमदान मार्फत रहने सम्झौतामा उल्लेख गरिएकोछ । पहिलो चरणको कामसङ्गै बाँकी वडामा आवश्यकताको आधारमा योजना अगाडि बढाईनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.