मनहरी गाउँपालिकाकै सबै भन्दा बिकट मानिने मनहरी ६ नम्बरको रुपाचुरी क्षेत्रमा स्वास्थ्य ईकाईबाट प्रसुती सेवा आरम्भ भएकोछ । बिहिबार मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाको बिकट क्षेत्रको रुपमा रहेको रुपाचुरी बालभन्ज्याङ स्थित जनमुखी सामुदायिक स्वास्थ्य ईकाई तथा प्रसुती सेवाको सुचारु संगै उक्त क्षेत्रका जनताले आधारभुत स्वास्थ्य उपचार र प्रसुती सेवा गाउँबाटै प्राप्त गर्नेछन्। झण्डै ५ सय घरधुरी रहेको पालिकाको पहाडी ईलाकाको रुपमा रहेको रुपाचुरी क्षेत्र संगै राक्सिराङ्ग गाउँपालिकाका केही वडाहरुका जनताले समेत स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।
७ लाख रुपैयाँको लागतमा पालिकाले स्वास्थ्य ईकाइ निर्माण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पालिका उपाध्यक्ष तथा प्रमुख अतिथी पुलामी मगर रेखाले पालिका सरकार जनताको आधारभुत आवश्यकता पूरा गर तत्पर रहेको र पालिकाको जुनसुकै भुगोलमा बसोबास गर्ने जनताले आधारभुत स्वास्थ सेवा प्राप्त गर्न पाउनुपर्छ भन्दै त्यसमा पालिका कटिबद्ध रहेको बताउनुभयो । साथै सुरक्षित र दक्ष जनशक्तिबाट प्रसुती सेवा पाउनु हरेक महिलाको अधिकार रहेको बताउनुभयो ।
सेवा बिस्तार कार्यक्रममा उपाध्यक्ष पुलामी मगर सहित स्वास्थ्य शाखा मनहरीका प्रमुख रामचन्द्र दाहाल, ६ नम्बर वडाका कार्यबाहक वडा अध्यक्ष बिष्णु बहादुर राई , मनहरी अस्पतालका सिनियर अहेब ज्योती राज लुईटेल, युवा समाजसेवी अमृत थिङ लगाएत अन्यको आतिथ्यता रहेको थियो ।