मनहरीमा शिक्षक स्वर्णिम अवकास योजना कार्यान्वयनमा , ६ जनाले लिए अवकास

मनहरी गाउँपालिकामा शिक्षक स्वर्णीम अवकास योजना कार्यक्रम सन्चालन भएको छ। यो सङ्गै पालिकाको स्वर्णिम अवकास योजना कार्यक्रम कार्यान्वयनमा आएको हो ।

पालिकाले पुराना पुस्तालाई ससम्मान बिदाई तथा नयाँ पुस्तालाई स्थान दिने उद्देश्यले यो कार्यक्रम ल्याईएको गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । साथै पहिलो पटक योजनाको कार्यान्वयनमा प्राथमिक बिधालयका ५ जना र निम्न माध्यामिक बिधालयका एक जना गरि ६ जना सहभागी भएको समेत जानकारी दिनुभयो । स्वर्णिम अवकासको लागि स्थायी शिक्षक जस्ले २० बर्ष सेवा प्रदान गरेको र ५० बर्ष उमेर पार गरेकोलाई समाहित गराईएको थियो । स्वर्णिम अवकास लिने शिक्षकहरुमा गोकुल प्रसाद शर्मा,मधु सुदन सिग्देल,ढाका प्रसाद चौलागाईं,बलराम बानियाँ,चन्द्र कान्त रिमाल,रामभक्ति कालाखेती रहनुभएकोछ । अवकास लिने शिक्षकहरुमध्य गोकुल प्रसाद शर्मा निम्न माध्यामिक बिधालय तहका शिक्षक हुनुहुन्छ भने बाँकी ५ जना प्राथमिक तहका शिक्षकहरु रहनुभएको जानकारी शिक्षा शाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो । साथै स्वर्णिम अवकास लिनुभएकाहरुले कम्तिमा एक लाख देखि बढिमा २ लाख ५० हजार रुपैया प्राप्त गर्नुभएकोछ ।

मनहरीमा स्वर्णिम अवकासले कुनै पनि अस्थाई शिक्षकको जागिर गएन ।

मनहरी गाउँपालिकामा यस पटक कुनै पनि अस्थाई शिक्षकको जागिर धरापमा परेकोछैन् । पालिकामा १० वटा स्थायी दर्बन्दी प्राप्त भएको थियो । पालिका भित्र रिक्त रहेको ६ वटा कोटा र ४ वटा स्वर्णिम अवकास गरि प्राप्त कोटा पुर्ण भएको हो । स्वर्णिम अवकास योजना अन्तर्गत रिक्त रहेको कोटा र अघिल्लो रिक्तकोटामा हिजो अर्थात चैत्र १२ गते नै पुर्णता दिईएकोछ । अवकास लिने शिक्षकद्वारा शिक्षा बिकास तथा समन्वय ईकाई हेटौंडालाई हिजो नै औपचारिक रुपमा पत्राचार गरि राजिनामा पत्र बुझाउनुभएको थियो । प्राथमिक तहका नब नियुक्त शिक्षकलाई पदस्थापन एबम स्वागत तथा योजनाबाट अवकास प्राप्त गर्नुहुने शिक्षकलाई बिदाई मङ्गलबारनै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले गर्नुभएकोछ । बिदाई हुने शिक्षकहरुलाई नगद, प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहि शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनु हुने शिक्षकहरुको योगदानको उच्च कदर गर्दै सम्मान गर्नका लागि पलिकाले कार्यविधि नै तयार गरि अघि बढेकोछ ।

उक्त कार्यक्रमवाट शिक्षकहरुको मनोवल र पेशा प्रति सम्मान वढेको अवकास योजनामा सहभागि शिक्षकहरुको भनाइ रहेको छ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.