उज्यालो नेपालको नायक नेपाल बिद्धुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राक्सिराङ्गको चेपाङ बस्ती भोलि आउँदै हुनुहुन्छ । कार्यकारी निर्देशक घिसिङ चेपाङलाई बिजुली अन्तर्गत पुर्ण वडा बिद्धुतिकरण कार्यक्रमको औपचारिक उद्घाटनको लागि मकवानपुर जिल्लाकै बिकट स्थानीय पालिका राक्सिराङ्ग आउनु लाग्नुभएको हो ।
सिमान्तकृत समुदायको रुपमा चिनिने चेपाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङ्ग गाउँपालिकाको कार्यक्रमको लागि भरतपुर बिमानस्थलमा बिहान ७ बजे अवतरण गर्ने हेटौंडा विद्युत प्राधिकरणले जानकारी दिएकोछ ।
उज्यालो नेपालको नायक आफै आफ्नो पालिकामा आउने खुशियालिमा गाउँपालिकाले भब्य स्वागतको लागि ठाउँ ठाउँमा गेट बनाईएकोछ । घिसिङको स्वागतको लागि सम्पुर्ण तयारी पूरा भएको भएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।
त्यस्तै गरि घिसिङको स्वागतको लागि मध्य नेपालकै सर्बोत्कृष्ट नौ मति बाजा समूह भर्याङकाली नौ मति बाजा समूहलाई तयार गरिएको पालिका उपाध्यक्ष बनस्तम थिङले जानकारी दिनुभयो ।
यस्तै गरि कार्यकारी निर्देशकको आगमनमा कुनै कमि नहोस् भनेर प्राबिधिक पक्षलाई चुस्त दुरुस्त पारिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले जानकारी दिनुभयो ।
राज्यको पुनर्संरचना भन्दा अघि केही वडामा सिमित आंशिक बिद्धुतिकरण कार्यकारी निर्देशक घिसिङकै सक्रियता पालिकाको पुर्ण वडा विद्युतीकरण सम्भव भएको हो ।
कार्यकारी निर्देशक घिसिङसङ्गै बिभाग प्रमुख शशी भुषण शाह, हेटौंडा बितरण केन्द्र प्रमुख शिव राम यादव सहितको टोलि कार्यक्रममा आउने हेटौंडा बिद्धुत प्राधिकरणले जानकारी दिएकोछ ।
त्यस्तै कार्यक्रममा बिशिष्ट ब्यक्तित्व , समाजसेवी, स्थानिय ब्यक्तित्व लगाएत अन्यको आतिथ्यता तथा उपस्थिति रहने पालिका श्रोतले जनाएकोछ । त्यस्तै गरि घिसिङले राक्सिराङ्ग ९ अठारेमा रहेको ट्रान्सर्फमरमा फ्युज जोडि वडा कार्यालय डन्टारको सभालाई सम्बोध एबम बिपन्न चेपाङ समुदायलाई मिटरबक्स बितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएकोछ ।