राक्सिराङ्गले पनि निशुल्क मेस सन्चालन देखि आवास र अतिरिक्त कक्षा संचालन, उपाध्यक्ष थिङद्वारा अनुगमन

भोलि चैत्र ७ गते देखि एसईईको परीक्षा शुरु हुँदैछ। राक्सिराङ्ग गाउँपालिका पनि परिक्षाको लागि सबै तयारी पूरा गर्दै परीक्षा सौहार्दपुर्ण ढङ्गले सम्पन्न गर्न तयारी अवस्थामा रहेको शिक्षा शाखा प्रमुख पंकस थारुले जानकारी दिनुभयो ।

राक्सिराङ्ग गाउँपालिकामा गत साल देखि चैनपुरमा अवस्थित श्री प्रजा जागृती माध्यामिक बिधालयलाई परीक्षा केन्द्रको रुपमा तोकिएकोछ । उक्त परीक्षा केन्द्रबाट यसपाली २५० जना बिधार्थी एसईई परिक्षामा सहभागी हुँदैछन्। त्यस्तै गरि यसपालीबाटै परीक्षा केन्द्र आफ्नै बिधालय परेको कारण प्रजा जागृति माबीका २९ जना बिद्यार्थी भने मनहरी ७ स्थित राष्ट्रिय रोटरी मा बिमा परीक्षा दिन आउने भएकाछन्।

पालिकाले टाढाबाट आउने बिद्यार्थीहरुको लागि परीक्षा अवधी भरी आवश्यक पर्ने खाद्यान्न दिगो बिकासका लागि एकता नेपाल सङ्गको सहकार्यमा ब्यबस्थापन गरेकोहो।

भौगोलिक रुपमा बिकट अनि दुरिको हिसाबमा टाढा/टाढाबाट आएका बिधार्थीहरुलाई निशुल्क खाना र आवासको ब्यास्था गरिएको पालिका श्रोतले जनाएकोछ । खानाको लागि नगर प्रहरी प्रमुख असई राजकुमार प्रजाको नेतृत्वमा मेस सन्चालनको जिम्मा दिईएकोछ । त्यस्तै गरि छात्रहरुको लागि नबनिर्मित चेपाङ संग्रहालयको भवन र छात्राहरुको लागि प्रजा जागृति माबिको शिशु कक्षाकोठालाई आवासको लागि प्रयोग गरिएकोछ । यस बर्ष राक्सिराङ्ग गाउँपालिकाको ६ वटा माध्यामिक बिधालयका बिद्यार्थीहरु परिक्षामा सहभागी हुँदैछन्।

परिक्षाको पुर्व सन्ध्यामा पालिकाका उपाध्यक्ष बनस्तम थिङले बिधार्थीहरुको बसोबास, खानपिनको अवस्था बारे जानकारी लिनुभएकोछ । साथै बिधार्थीहरुलाई अतिरिक्त कक्षा सन्चालनको लागि पालिकाको सभाहलमा ब्यबस्था मिलाईदिनुभएकोछ । बिद्यार्थीहरुलाई साँझ ७ बजे देखि १० बजे सम्म हरेक दिन अतिरिक्त कक्षा संचालन गरिने समेत जानकारी दिनुभयो । र सहजिकरणमा राष्ट्रिय माबि सिलिङ्गेका शिक्षकहरुले सहजीकरण गर्नुहुनेछ ।

झण्डै १८०/१९० को हाराहारीमा बिधार्थिहरुलाई खानाको ब्यबस्था पालिकाले गरेकोछ । परीक्षा केन्द्रको केन्द्राध्यक्षको रुपमा सुर्य बहादुर प्रजा तोकिएको शिक्षा शाखा प्रमुख थारुले जानकारी दिनुभयो ।भोलि पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.