मनहरीमा प्रथम पटक आयोजना गरिएको खेलकुद तथा व्यापार महोत्सव २०८१ बिबिध कार्यक्रम गरि सम्पन्न भएकोछ ।
खेलकुद मार्फत मनहरीलाई चिनाउने उद्देश्यका साथ गत फाल्गुन २१ गते देखि सन्चालित महोत्सव चैत्र ४ गते सम्म सन्चालन भएको थियो ।प्रथम पटक आयोजना गरिएको महोत्सवमा खेलकुद सङ्गसङ्गै ब्यापारलाई समेत समेटिएको थियो ।
मनहरी खेलकुद बिकास समितिले आयोजना गरेको महोत्सवमा प्रथम पटक पालिका भित्र सन्चालन हुने खेल गतिबिधी र थप खेलहरु समेटेर महोत्सवको स्वरुप दिईएको हो । अध्यक्ष कप फुटबल, उपाध्यक्ष भलिबल कप, ब्याडमिन्टन,एथलेटिक्स र क्रिकेट प्रतियोगिता सन्चालन गरिएको थियो ।
मनहरी गाउँपालिका वडा नम्बर ७ ले ३ वटा बिधामा उपाधी जित्न सफल भयो । फुटबल,क्रिकेट र ब्याडमिन्टन तर्फको उपाधी जित्दै गर्दा वडा नम्बर ४ ले भलिबल र ९ नम्बर वडाले एथलेटिक्स तर्फ १०० मिटर र २०० मिटरको दौडमा बिजेता भए ।
फुटबल तर्फ बिजेता बन्दै नगद १ लाख सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।त्यस्तै वडा नम्बर ६ फुटबल तर्फ उपबिजेता बन्दै नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।यस्तै गरि क्रिकेट तर्फ बिजयी हुँदै वडा नम्बर ७ ले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । क्रिकेट अन्तर्गतनै दोश्रो बनेको वडा नम्बर ९ ले नगद २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । भलिबल तर्फ वडा नम्बर ४ ले उपाधी उचाल्दै नगद ३० हजार रुपैयाँ सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता बनेको ३ नम्बर वडाले २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै ब्याडमिन्टन तर्फ वडा नम्बर ७ ले प्रथम र दोश्रो दुबै उपाधी रक्षा गर्यो । ब्याडमिन्टन तर्फ सगुन स्याङ्तान र सुसन भोलोनको जोडि प्रथम र किशोर मल्ल र अस्विन श्रेष्ठ को जोडि दोश्रो बन्दै क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,००००/-बीस हजार रुपैयाँ प्राप्त गरे ।त्यस्तै गरि एथलेटिक्स तर्फ १०० मिटर र २०० मिटरको दौडमा ९ नम्बर वडाले उपाधी जित्न सफल भए । जस्मा गौरब मुक्तान दुबै दौडमा प्रथम भए भने १०० मिटर तर्फ दोश्रो अजित मुक्तान र २०० मिटर तर्फ दिपेन्द्र न्यौपाने दोश्रो भए । साथ साथै हरेक प्रतियोगिमा बिधागत रुपमा खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

प्रथम पटक आयोजना गरिएको खेलकुद तथा व्यापार महोत्सवमा शुरुवाती दिनमा दर्शकको आगमन केही कमि देखिएता पनि अन्त्य र मध्यमा भने किनमेल गर्ने र कलाकारहरुको प्रस्तुती हेर्न आउनेको भिडै लागेको थियो । पालिका अध्यक्ष तथा उपाध्यक्षले आगामी दिनमा यसलाई झन ब्यबस्थित गर्दै मनहरीलाई पहिचान दिलाउने एक कडिको रुपमा महोत्सवलाई लिने प्रतिबद्धता जनाउनु भयो । संविधानसभा सदस्य माननीय राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा मेला अवधिभर भएको कमि कमजोरीलाई सुधार्दै आगामी दिनमा थप ब्यबस्थित र भब्य रुपमा मनाईने कुरामा जोड दिएका थिए ।
महोत्सवबाटै क्रिकेट खेलका पुराना राष्ट्रिय खेलाडी, फुटबलर एबम प्रशिक्षक श्रीराम लामालाई सम्मान समेत गरेको थियो ।
मनहरी खेलकुद बिकास समितिको आयोजना र एभरेस्ट ईभेन्ट म्यानेजमेन्ट प्रा.लि. को ब्यबस्थापन र मनहरी गाउँपालिकाको संरक्षकत्वमा सन्चालित महोत्सबको झण्डै ३० हजार भन्दा बढिले अबलोकन गरेको अनुमानछ ।

महोत्सवको अन्तिम दिन चर्चित गायिका एलिना चौहानले दर्शकलाई झुमाएका थिए ।