वडा नम्बर ९ लाई हराउँदै ७ नम्बर वडा बन्यो च्याम्पियन

प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव २०८१ को खेलकुद महोत्सव अन्तर्गत वडा स्तरिय क्रिकेटको उपाधी जित्दै मनहरी ७ च्याम्पियन बनेकोछ । ७ नम्बर वडाले फाईनल खेलमा ९ नम्बर वडालाई ६ विकेटले पराजित गर्दै उपाधी उचालेको हो ।

मनहरी ७ रमौली स्थित क्षेत्रीय रंगशालामा भएको खेलमा वडा नम्बर ९ ले पहिला ब्याटिङ गर्दै १० विकेटको नोकसानीमा ८६ रन बनायो । दिपेन्द्र अधिकारी, कृशल मोक्तान र अन्जन सुबेदीले बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेन ।

९ नम्बरलाई सस्तैमा समेट्ने क्रममा मिलन कार्की एक्लैले ३ विकेट लिए । त्यस्तै आशिष गोपालीले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको मनहरी ७ नम्बर वडाले ११.५ ओभर खेल्दै ४ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो। टोलिलाई जित दिलाउने क्रममा मनिष पौडेलले सर्बाधिक ३१ रन बनाए। त्यस्तै पुजन श्रेष्ठले २३ रन,समीर सुबेदिले १९ रन बनाउदै टोलिलाई जित दिलाएका थिए ।

प्रतियोगितामा बेस्ट ब्याट्सम्यान मनहरी ९ का खेलाडी दिपेन्द्र अधिकारी , बेस्ट बलर मनहरी ७ का आशिष गोपाली र म्यान अफ दि सिरिज वडा नम्बर ९ का खेलाडी आशिष गोपाली घोषित भए । बिधागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुलाई नगद सहित सम्मान गरिने आयोजकले जानकारी दिएकोछ ।

पालिका भित्रका ७ वटा टिमको सहभागिता रहेको प्रतियोगिता पालिकाको लगानिमा पहिलो पटक आयोजना गरेको हो । बिजेता तथा उपबिजेताले क्रमश: ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.