आज मनहरीमा मेरो यस्तैछ पारा भन्दै धुलो उडाउन दुर्गेश थापा आउने, टिकट दर पुरानै यतावत

प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव २०८१ को ११ औं दिनमा चर्चित गायक दुर्गेश थापा आउने भएको हो । पछिल्लो समयका सर्बाधिक चर्चामा रहन सफल थापाको” दुस्मन हेरेको हेरै ” बोलको गीतलाई मिलियन भ्युवरले साथ दिएकोछ ।

अधिकांश मेला तथा महोत्सवमा दर्शकलाई महोत्सवमा दोर्‍याउन सफल थापाको प्रफमेन्स स्टाईल आफ्नै पाराको रहेकोछ । मनहरी खेलकुद तथा व्यापार ब्यापारमा आज सबै भन्दा बढी भिड हुने आकलन गरिएकोछ । दुर्गेश थापा आउने खवर सङ्गै बालबालिका देखि युवा जमात उनको बेग्र प्रतिक्षामा रहेकोछ । आज गायक थापासङ्गै अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरूले प्रस्तुती रहनेछ ।

प्रबेश शुल्कमा वृद्धि भएको जनगुनासो बढेपछी आयोजक मनहरी खेलकुद बिकास समितीले महोत्सव अवधि भरीमा एक दिन कन्सर्ट सहितको टिकट दर २५०/- निर्धारण गरिएको र बाँकी दिनको साधारण टिकट रु. ७०/- र बिद्यार्थीको लागि रु.५०/- कायम रहेको जनाएकोछ । त्यस्तै गरि महोत्सवको पहिलो दिन र समापनको दिन निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको समेत आयोजक श्रोतले जनाएकोछ ।

आजको प्रस्तुतीमा गायक थापासङ्गै भोलि रमेश राज भट्टराई र अन्तिम दिन सर्बाधिक चर्चामा रहन सफल गायिका एलिना चौहानको प्रस्तुती रहनेछ ।

खेल महोत्सव अन्तरगत खेलाईएको खेलहरुको बिजेता तथा उपबिजेताहरुको टुङ्गो लागिसकेकोछ भने केही खेलहरु भोलि ३ गते सम्म टुङ्गो लाग्नेछ । फुटबल तर्फ वडा नम्बर ७ प्रथम र ६ नम्बर वडा दोश्रो भएकोछ । त्यस्तै भलिबल तर्फ वडा नम्बर ४ च्याम्पियन र वडा नम्बर ३ रनर अप बनेकोछ ।त्यस्तै गरि क्रिकेट तर्फ फाईनलमा वडा नम्वर ७ र ९ बिच उपाधीको लागि आजै भिड्नेछ । एथलेटिक्स र ब्याडमिन्टनको खेल भोलि सन्चालन हुनेछ । आयोजकले ब्याडमिन्टन खेलको खेल तालिका सार्बजनिक गर्दै भोलीबाट शुरु हुनेछ । एथलेटिक्स तर्फको १०० मिटर र २०० मिटरको दौड मनहरी ७ रमौली स्थित क्षेत्रीय रंगशालामा हुनेछ ।

त्यस्तै गरि ब्याडमिन्टन मनहरी ७ रमनटार स्थित रबिन स्मृति कभर्डहलमा सन्चालन हुनेछ ।

खेलको बिजेता तथा उपबिजेताहरुलाई महोत्सबको अन्तिम दिन चैत्र ४ गते मनहरी ८ स्थित गणेशधारा खेल मैदानमा जारी व्यापार महोत्सव प्राङ्गणबाट पुरस्कार बितरण गर्नेछ ।

फाल्गुन २१ गते देखि चैत्र ४ गते सम्म सन्चालन हुने खेलकुद तथा व्यापार महोत्सव २०८१ को आयोजकको रुपमा मनहरी खेलकुद बिकास समिती रहेकोछ ।त्यस्तै व्यापार महोत्सवको ब्यबस्थापकको रुपमा एभरेष्ट ईभेन्ट म्यानेजमेन्ट प्रा.लि. रहेकोछ । त्यस्तै खेलकुद तथा ब्यापार महोत्सव २०८१ को संरक्षकको रुपमा मनहरी गाउँपालिका रहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.