मनहरी ७ले १ नम्बर वडालाई हराउदै वडा स्तरिय क्रिकेटको फाईनलमा प्रबेश

प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव २०८१ को खेलकुद महोत्सव अन्तर्गत क्रिकेटको फाईनलमा वडा नम्बर ७ प्रबेस गरेकोछ ।

७ नम्बर वडाले फाईनल प्रवेशको लागि वडा नम्बर १ सङ्ग प्रतिस्पर्धा गरेको थियो । पहिलो ब्याटिङमा उत्रेको वडा नम्बर१ ले १५ ओभरमा ८ विकेटको नोक्सानीमा १०८ र बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको मनहरी ७ ले ४ विकेटको क्षतीमा  १०९ को लक्ष्य भेट्टाए । ७ नम्बर वडाले  १३.१ ओभरमा लक्ष्य पूरा गर्दै १११ रन बनाए । टिमलाई जित दिलाउने क्रममा ७ नम्बरका खेलाडी मनिष पौडेलले ब्यक्तिगत ४२ रनको नटआउट पारी खेले त्यस्तै सनिस लोले १४ रन र समीर सुबेदीले १९ रनको पारी खेले । खेलको म्यान अफ द म्याच घोषित भएका सुबेदिले ३ विकेट लिदै बिपक्षी टोलिलाई कम रनमा समेट्नमा भुमिका खेलेका थिए ।

त्यस्तै गरि पहिले ब्याटिङमा उत्रेको वडा  नम्बर १ का बिशेष थापाले ४४ रनको योगदान दिएता पनि टिमले जित्न सकेन ।
वडा नम्बर ७ का खेलाडीहरु आशिष गोपाली र समीर सुबेदीले समान  ३/३ विकेट लिए त्यस्तै मनोज न्यौपाने र मिलन कार्कीले समान १/१ विकेट लिए । यता १ नम्बरका टोलिबाट रोहित बिष्टले २ विकेट र बसन्त तिमल्सिना र प्रबेश हटुवालले समान १/१ विकेट लिए।

जित सङ्गै वडा नम्बर ७ फाईनलमा प्रबेश गरेको छ । ७ नम्बर वडाले वडा नम्बर ३ र ९ बिचको बिजेतासङ्ग उपाधिको लागि भोलि २ गते खेल्नेछ ।प्रतियोगिताका बिजेता/ उपबिजेता टोलिले नगद क्रमश: ३० हजार रुपैया र २० हजार रुपैयाँ सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.