होलिमा मनहरी महोत्सब रङ्गिन बनाउन आज तृष्णा गुरुङ ब्याण्ड सहित

मनहरीमा जारी प्रथम खेलकुद तथा व्यापार महोत्सबको माहोल तताउन आज रक स्टार तृष्णा गुरुङ आउने भएकोछ ।

आज नेपालीहरुको महान चाड फाल्गु होलि समेत रहेकोले महोत्सवलाई होलिमय बनाउन लाईभ कन्सर्ट तर्फ जोड दिईएको हो ।

नेपाली लेडि रक स्टार ब्याण्ड सहित मनहरीमै पहिलो कन्सर्ट मार्फत साङ्गितिक यात्रामा रहेकोछ । अबलोकन गरौ सफल पारौ भन्ने मुल नाराका साथ फाल्गुन २१ गते देखि सन्चालन भइरहेको महोत्सबमा गुरुङ सहित द कोल्याब ब्याण्डको प्रस्तुती बिशेष रहनेछ ।

हिजोको प्रस्तुतिमा मकवानपुरे चर्चित कलाकारहरु प्रकाश तितुङ र प्रतिमा अर्यालको प्रस्तुती रहेको थियो ।

महोत्सबमा स्थानिय महिला उद्योगीद्वारा उत्पादित सामाग्री, लत्ताकपडा, भाडाकुडा, खानाका स्टल, अमिलो, औजार स्टल, बाल उद्यान लगाएत अन्य स्टलहरु रहेकाछन्।

त्यस्तै गरि खेलकुद तर्फ फुटबल र भलिबलको बिजेता तथा उपबिजेताको टुङ्गो लागिसकेकोछ । फुटबल तर्फ वडा नम्बर ७ बिजेता तथा वडा नम्बर ६ उपबिजेता भएकोछ । त्यस्तै गरि भलिबल तर्फ ४ नम्बर बिजेता र वडा नम्बर ३ उपबिजेता भएकोछ । आजबाट क्रिकेट प्ररियोगिता शुरु भएकोछ ।

महोत्सबको समापन चैत्र ४ गते हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.