मनहरीमा जारी प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सबको सातौ दिन अर्थात फाल्गुन २७ गते मङलबारको प्रस्तुतिमा नेपाली लोकगीत क्षेत्रका सम्राट राजु परियारको प्रस्तुतीलाई बिशेष अर्थले हेरियो ।
रेडियो, टेलिभिजन र मोबाईलबाट मात्रै देख्न र सुन्न पाएका दर्शकले नजिकबाट हेर्न पाउँदा दर्शकमा छुट्टै उत्साह देखिन्थ्यो । साझ ७ बजे आफ्नो प्रस्तुती लिएर स्टेजमा उक्लिनुभएका लोक सम्राट परियारलाई दर्शकले गडगडाहत तालिले स्वागत गरेका थिए । परियारलाई भेट्न पाउनु सौभाग्य ठान्ने धेरै दर्शकको भनाई रहेको थियो ।
झण्डै तीन दशक लामो साङ्गितिक यात्रामा निरन्तर लाग्दै आईरानुभएका परियारले रुमाल धोकोछु यो खोलिको पानी कोहि नखानु मैले छोकोछुबाट आफ्नो साङ्गितिक कोशेली पस्कन शुरु गर्नुभएको थियो । परियारले एक पछि अर्को चर्चित/ चर्चित लोक कोशेली प्रस्तुत गर्नुभएको थियो । उहाको प्रस्तुतिमा युवा/युवती, वृद्ध/ वृद्धा सबैले दिल खोलेर नाचे । मंगलबार राजु परियार मनहरी आउने खवर पाएका मनहरीको दुर बस्तिका दर्शकहरु पनि झमकै साझ परिसक्दा पनि प्रस्तुती हेरेर र फोटो खिचाएर जाने हिसाबमा बसेका थिए । झण्डै एक घन्टा प्रस्तुती दिनुभएका लोक सम्राट परियारसङ्ग फोटो खिच्न दर्शकको भिड नै लागेको थियो ।

त्यस्तै गरि मङ्गलबारै चर्चित गायिका रेश्मा पुन मगरले आफ्नो प्रस्तुती दिएकीछिन्।पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सुमधुर आवाज भर्दै एक पछि अर्को हिट गीत दिएका पुन युवा पुस्ता माझ निक्कै लोकप्रियछिन्। पुनले टल टल टल्कने , आखामा सपना केसरी , गल्ती मेरो छैन जस्ता हिट नम्बरहरु प्रस्तुत गर्नुभएको थियो । यस्तै अर्का गायक बाबू थिङ लगाएत अन्य कलाकारले आफ्नो प्रस्तुती दिएका थिए ।