मनहरी खेलकुद महोत्सवमा भलिबलको फाईनलमा वडा नम्बर ३ र ४ प्रबेश

मनहरीमा जारी खेलकुद तथा व्यापार महोत्सवमा फुटबल र भलिबलको फाईनल खेल भोलि बुधबार हुने भएकोछ ।

मङ्गलबार भएको सेमिफाईनलको गेम जित्दै वडा नम्बर ३ र ४ बुधबार हुने भलिबलको फाईनलमा प्रबेश गरेको हो । सेमिफाईनल बेस्ट अफ फाईभको आधारमा खेलाईएको थियो । वडा नम्बर ३ ले वडा नम्बर ५ लाई (२५-१९,२२-२५,२५-२१ र २५-२२) को जित निकाल्दै फाईनलमा प्रबेश गरेकोहो । त्यस्तै गरि दोश्रो सेमिफाईनलको खेलबाट वडा नम्बर ४ फाईनलमा प्रबेश गरेको हो । ४ नम्बर वडाले ९ नम्बर वडालाई (२५-१७,२५-१२ र २५-१६) को सोझो सेटमा पराजित गरेको हो ।

मनहरी गाउँपालिका स्तरिय भलिबल कपको बिजेता/उपबिजेताले क्रमश:५०,०००/- र ३०,०००/- सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरि बिधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

भलिबलको फाईनल खेल बिहान ८ बजे महोत्सव स्थल मनहरी ८ मा हुने भलिबल संयोजक उज्वल बिष्टले जानकारी दिए ।

प्रतियोगितामा प्रथम र दोश्रो हुने दुबै टोलिलाई महोत्सब समापनको अन्तिम दिन पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.