प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सवमा आज खेलकुद अन्तर्गत फुटबलको दुई खेल हुने भएकोछ । सेमिफाइनल प्रवेशको लागि वडा नम्बर ४ र ८ बिच खेल हुनेछ ।त्यस्तै अर्को दोश्रो खेलमा सेमिफाइनल प्रवेशकै लागि आज वडा नम्बर २ र ९ बिच खेल हुने भएको हो । दुबै खेल मनहरी ७ रमौली स्थित क्षेत्रीय रंगशालामा दिउँसो १ बजे पहिलो र ३ बजे दोश्रो खेल खेलाईने खेलकुद बिकास समिती मनहरीका सदस्य चन्द्र स्याङ्तान (माधव)ले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष कप फुटबल तर्फ पालिका भित्रका ८ वटा टिम प्रतिस्पर्धामा आएको थियो । हिजो देखि शुरु भएको अध्यक्ष कप फुटबल प्रतियोगीताको सेमिफाईनलमा वडा नम्बर ७ र ६ ले स्थान सुरक्षित गरिसकेकोछ । फुटबल तर्फको फाईनल फाल्गुन २८ गते हुनेछ ।
क्रिकेट खेलको टाईसिट आजै आउट गरिने
मनहरीमा खेलकुद तर्फ पुरस्कार राशी सहितको क्रिकेटको खेल पहिलो पटक आयोजना हुन लागेकोछ ।पालिकाले खेल महोत्सब अन्तर्गत पछिल्लो समयको सर्बाधिक चर्चामा रहन सफल क्रिकेटलाई पनि जोडेकोछ । पालिका भित्रका ७ वटा क्रिकेट टिम दर्ता भएको र खेल ब्यबस्थापनको लागि आयोजक लागिपरेकोछ । र आजै खेल तालिका सार्बजनिक गर्ने तरखरमा खेलकुद बिकास समिती लागेको खेलकुद बिकास समिती सदस्य कबिन दर्नाल मगरले जानकारी दिनुभयो ।
त्यस्तै ब्याडमिन्टन खेलको लागि अहिले सम्म ४ वटा टोलि दर्ता भएको र उक्त खेल मनहरी ७ रमनटार स्थित रबिन स्मृति कभर्डहलमा सन्चालन हुने खेलकुद बिकास समिती सदस्य सुनिल लामाले जानकारी दिनुभयो ।
उपाध्यक्ष भलिबल कप
यस्तै गरि अर्को चर्चित खेल भलिबल खेल भने भोलीबाट शुरु हुने समितीका अध्यक्ष बिरु लामाले जानकारी दिनुभयो ।उपाध्यक्ष भलिबलको उपाधीको लागि पालिका भित्रका ८ टिमले प्रतिस्पर्धा गर्नेछ ।भलिबल खेल व्यापार महोत्सव स्थल भित्र खेलाईने समेत आयोजक श्रोतले जानकारी दिएकोछ ।
त्यस्तै एथलेटिक्स अन्तर्गत १०० मिटर र २०० मिटर तर्फको दौड पनि छिट्टै सन्चालन गरिने आयोजकको तयारी रहेकोछ ।
फुटबल तर्फ बिजेता/ उपबिजेताले क्रमश: नगद १,००,०००/- एक लाख रुपैयाँ र ५०,०००/- पचास हजार रुपैयाँ , उपाध्यक्ष भलिबल तर्फ बिजेता/उपबिजेताले क्रमशःनगद ५०,०००/-पचास हजार रुपैयाँ र ३०,०००/- तीस हजार रुपैयाँ , क्रिकेट तर्फ बिजेता/ उपबिजेताले क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,०००/- बीस हजार रुपैयाँ , ब्याडमिन्टन (जोडि तर्फ) बिजेता/ उपबिजेताले क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,००००/-बीस हजार रुपैयाँ , एथलेटिक्स तर्फ २०० मिटर खुल्ला दौड बिजेता र उपबिजेताले क्रमशः १५,०००/- पन्ध्र हजार रुपैयाँ र ७,५००/- सात हजार पाँच सय रुपैयाँ त्यस्तै १०० मिटर खुल्ला दौडको बिजेता/उपबिजेताले क्रमशः १०,०००/- दश हजार रुपैयाँ र ५,०००/- पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथ साथै हरेक प्रतियोगिमा बिधागत रुपमा खेलाडीलाई नगद सहित पुरस्कृत गरिनेछ । हरेक बिधामा मनहरी गाउँपालिकाको वडा भित्रका खेलाडी मात्र समाबेस हुन पाउनेछ ।